जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ६ मंसिर
राष्ट्रपति विद्या देवी भण्डारी महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना र दर्शन गरेका छन् । उनि पूजा अर्चना र दर्शनको लागि पुग्दा जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र,उद्योग वाणिज्य संघको अध्यक्ष लभ राजा प्रसाद सिंह लगायत विद्यालयका विद्यार्थीहरु तथा जनसमुदायले भव्य स्वागत गरेका छन् । राष्ट्रपति भण्डारीलाई नगर प्रमुख मिश्रले माला,सौल तथा जलेश्वरनाथको प्रतिमा झल्किने फोटो प्र्रदान गरेर सम्मान गर्नुका साथै उपस्थित प्रदेश २ प्रमुख हरिशंकर मिश्र,प्रदेश २ मुख्यमन्त्री लाल बाबु राउत,भूपु राज्य मन्त्री अभिराम शर्मा,प्रदेश सांसद रानी शर्मा,लोसपा संस्थापक अध्यक्ष महन्थ ठाकुर,भूपु मन्त्री सुरिता साह,जि.स.स.अध्यक्ष सरेश प्र्रसाद सिंह लगायत मञ्चमा आसिन सम्पूूर्ण अतिथिहरुलाई माला तथा गमछाले सम्मान गर्नु भएका थिए । राष्ट्रपति भण्डारीको आगमनले जलेश्वरबासीमा खुशीयाली देखिएको थियो भने नगरलाई विभिन्न स्वागत द्वार बनाई सजाइएको थियो । नगरपालिका तथा स्थानिय नगरबासीहरुले समेत एक दिन पहिले देखि नगर सरसफाईमा ध्यान दिएका थिए । स्थानिय विभिन्न विद्यालयका विद्यार्थीहरु,सामाजिक संघ संस्थाहरुको उपस्थिति समेत देखिएको थियो । मटिहानीबाट फर्किने क्रममा मटिहानीदेखि सुगा भवानीपट्टी र जलेश्वरसम्म सुरक्षा व्यवस्था कडा पारिएको थियो । वहाँको यो आसन्न भ्र्रमणले मधेसी जनसमुदायमा खुशीको तरंग देखिएको थियो । वहाँ प्रकौली व्यारेकबाट हेलिकप्टरबाट काठमाडौको लागि प्रस्थान गर्नु भएको थियो ।