रेल संचालनको लागि पहल गर – Jaleshwortoday

रेल संचालनको लागि पहल गर

 ७ मंसिर २०७८, मंगलवार २१:५८  
Education

नेपालको एक्लो रेल यातायात सेवा सुचारुमा ढीलाई भएर यस क्षेत्रको जिवन अस्तव्यस्त बनेको देखिन्छ । यस क्षेत्रको स्थानियहरुलाई एक ठाउँबाट अर्काे ठाउँमा आवागमन गर्नमा समेत कष्टकर भएको स्थानियहरु बताउछन्् । खासगरी ग्रामीण भेगका जनसमुदायलाई दैनिक जिवन यापनमा समेत समस्या भएको बुझिएको छ । यसले नेपाल भारतको जनतालाई ल्याउने र पुर्याउने काम समेत गरेको हुनाले अहिले भारतीय नागरिकहरुलाई समेत नेपालमा आउन तथा व्यवसायिक क्रियाकलाप संचालनमा समस्या भएको बुझिएका छन् । यतिमात्र होइन नेपाल रेल सेवाले नेपाल तथा भारतका जनसमुदायलाई जोड्ने काम गरेका थिए । अहिले विवाहपञ्चमी नजिकिरहेको बखतमा नाकाहरु सहज भए पछि सस्तो र सुलभ सेवाको रुपमा परम्परागत यातायात रेल सेवा बन्द भए पछि सबैलाई चिन्ता लागेको छ । यस सेवाले दुवै देशको अर्थव्यवस्थालाई मजबुत बनाउने प्रयास गरेका थिए । व्यवसायिक सामाग्रीहरु समेत ढुवानी गर्न सजिलो भएको थियो । स्थानिय व्यवसायहरु समेत प्र्रmष्टाएका थिए । तर रेल सेवा संचालनको अनिश्चितताका कारण यहाँको बुद्धिजिवी तथा नागरिक समाजमा निराशा छाएको देखिन्छ । त्यसकारण सम्बन्धित सरोकारबालाहरुले यसको सिघ्र संचालनमा ध्यान दिनु अति आवश्यक रहेको देखिन्छ ।