नेपालको राजनीतिमा समपर्णको खांचो – Jaleshwortoday

नेपालको राजनीतिमा समपर्णको खांचो

 ११ मंसिर २०७८, शनिबार २२:३९  
Education

नेपालको राजनीतिमा समपर्णको खाँचो देखिन्छ । अहिले नेपालको ठूला राजनीतिक पार्टीहरुदेखि नयाँ पार्टीहरु समेत शक्ति प्रदर्शनमा लागेका छन्् । विभिन्न बहानामा पार्टीहरु प्रचारप्रसार तथा स्थानिय चुनावको तयारीमा अहिले देखि नै होमिएका देखिन्छन् । अहिलेदेखि स्थानिय नेताहरुले कार्यकर्ताहरुलाई आफूतिर आकर्षिक गर्नको लागि भोजभतेरको आयोजना गर्न थालेका छन् ।
तर यस क्रियाकलापहरुले पार्टी बलिया मात्र हुने हो । यसले देश विकासमा प्रभाव पार्दैन । अहिले त नेपालको विकासको लागि राजनीतिमा समपर्णको खाँचो देखिन्छ । विभिन्न पार्टीहरुले नेपालको नेतृत्व सम्हाले पनि राजनैतिक संस्कारको कमीको कारण तथा समर्पणको अभावको कारण अहिले नेपालको विभिन्न पक्षीय विकासको अवस्था कमजोर देखिन्छ । यहाँ विभिन्न नीति तथा रणनीति बनाइए पनि गरिब,पिछ्डावर्ग,उत्पीडित लगायत समग्र देशको विकासमा कुनै प्रभाव परेको देखिदैन । नेपाललाई आर्थिक रुपमा सबल बनाउनको लागि औद्योगिक क्रान्तिको कुरा गरिए पनि यसको कार्यान्वयनमा समेत कुनै चासो नलिइएको देखिन्छ । नेपालको सामाजिक,साँस्कृतिक,आर्थिक,प्राकृतिक तथा मौलिक विकासको लागि नेतृत्ववर्गमा समपर्णको खाँचो रहेको देखिन्छ । जनताले पनि जागरुक हुन जरुरी छ ।