नेपाल सद्भावना पार्टीको मोरङ जिल्ला अध्यक्षमा राजवंशी सर्वसम्मतिले चयन – Jaleshwortoday

नेपाल सद्भावना पार्टीको मोरङ जिल्ला अध्यक्षमा राजवंशी सर्वसम्मतिले चयन

 ११ मंसिर २०७८, शनिबार २२:४५  
Panja

जलेश्वरटुडे समाचारदाता
मोरङ, ११ मंसिर

नेपाल सद्भावना पार्टीको मोरङ जिल्ला अध्यक्षमा जगरनाथ राजवंशी सर्वसम्मतिले चयन गरिएकोे छ । एक कार्यक्रम वीच नेपाल सद्भावना पार्टीको सर्वमाननीय नेता तथा नेपाल सरकारको भु.पू.उपप्रधान तथा गृह मन्त्री बद्री प्रसाद मण्डलको निजी निवास विराटनगर महानगरपालिकामा जिल्ला भेलाबाट ३० सदस्यहरु सहित ३१ सदस्ययी जिल्ला समिति कायम गरियो । भेलाबाट मनोनित सबै नेताहरुलाई माला तथा टीका लगाई सम्मान गरिएको थियो । स्व.गजेन्द्र नारायण सिंहले देखेको मधेसको विकास र अधिकार प्राप्तिको सपना यस पार्टीले प्रमुख मुद्दाको रुपमा राखेकोले यस पार्टीमा आबद्ध हुन मन्त्री मण्डलले आग्रह समेत गर्नुभयो ।नेपाल सद्भावना पार्टीको प्रदेश तथा राष्ट्रव्यापि संगठन विस्तारको कार्यक्रम जारी रहेको संचार प्रमुख पवन कुमार साहले जानकारी गराउनुभयो ।