विवाहपञ्चमीको तयारीमा जुुट्न जरुरी – Jaleshwortoday

विवाहपञ्चमीको तयारीमा जुुट्न जरुरी

 १२ मंसिर २०७८, आईतवार २२:०१  
Education

मिथिलाञ्चलमा प्र्रसिद्ध पर्वको रुपमा जनकपुरधाममा मनाइने विवाहपञ्चमीको तयारीमा सबै सरोकारबालाहरुले जुट्न आवश्यक देखिन्छ । खास गरी भगवान राम र माता सिताको विवाहको प्रसङगलाई यस पर्वसँग जोडिएको हुन्छ । परम्परागत रुपमा भारतको अयोध्याबाट जन्ती जनकपुरधाम आउने र जनकपुरधाममा माता सितासँग विवाहको नाटकीय प्रस्तुति गरिएको हुन्छ जसले त्रेता युगमा भएको भगवान राम र माता सिताको वैवाहिक दृष्यलाई ताजा गर्दछ । यस दिन यहाँ ठूलो भिडभाड देख्ने गरिन्छ । खासगरी नेपालको विभिन्न भाग र भारतको पर्यटकहरु अत्यधिक मात्रामा आउने गर्दछन् । यस पर्वको व्यवस्थापन गर्न प्रत्येक साल चुनौति रहेको हुन्छ । तर यस वर्ष जनकपुरधाम उपमहानगरपालिकाका सरसफाई कर्मचारी तथा जनप्रतिनिधिहरु वीच भएको आन्तरिक द्वण्द्वका कारण अहिलेसम्म जनकपुरधाम दुर्गन्धित बनेको छ । यसमा नगर प्रमुख समेत चुप लागेको देखिएको छ । यसले नगर प्रमुखको समेत समर्थन रहेको देखिन्छ । तर नगरप्रमुख भन्दा पनि ठूला प्रदेश तथा संघिय सरकार हुन्् जसले अहिले सम्म कुनै पनि बक्तव्य दिन नसक्नु चिन्ताको विषय बनेको देखिन्छ । सबै मिलेर आन्तरिक समस्याहरुलाई समयमै समाधान गरी विवाहपञ्चमीको तयारीमा लाग्न जरुरी छ । नगर सफा,सुन्दर र बेहुली झै सिंगारिनु जरुरी छ जसको लागि सबैको सहभागिता जरुरी छ । नगरबासीले पनि शहरलाई सफा राख्नमा सहयोग गर्न जरुरी छ । सरसफाई कर्मचारीहरु समेतले आफ्नो काममा फर्कि सेवा भावले काममा लाग्नु जरुरी छ ।