भंगहा नगरपालिकाका मेयर साहले जनकपुरको बाल आश्रमलाई गरे व्यक्तिगत आर्थिक सहयोग – Jaleshwortoday

भंगहा नगरपालिकाका मेयर साहले जनकपुरको बाल आश्रमलाई गरे व्यक्तिगत आर्थिक सहयोग

 १३ मंसिर २०७८, सोमबार २३:३९  
Child

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १३ मंसिर

भंगहा नगरपालिकाका मेयर संजिव साहले आफ्नो व्यक्तिगत तर्फबाट जनकपुरधामको कविर बाल आश्रमलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका ८ ज्ञानकुप स्थित सन्त तथा समाजसेवी सत्यनारायण आलोकले स्थापना गरेको आश्रममै पुगेर मेयर साहले नगद ५१ हजार आर्थिक सहयोग गरेका हुन् । सो नगद संचालक आलोकलाई नै मेयर साहले हस्तान्तरण गरे । मेयर साहले दुई महिना अघि एक कार्यक्रममा आश्रमलाई आफ्नो निजी स्तरबाट ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । समाजसेवी आलोकको कामबाट प्रभावित भएर उनको अभियानमा निजी तर्फबाट केहि आर्थिक सहयोग गरेको भोलिको दिनमा समेत गर्ने मेयर साहले प्रतिबद्धता जनाएका छन् । सन्त आलोकले आश्रममा विभिन्न स्थानमा वेवारिसे फेला परेर ल्याएका १४ जना बालबालिकाको पालनपोषण तथा शिक्षादिक्षा दिने गरेका छन् ।