
जलेश्वरटुडे समाचारदाता
धनुषा, १३ मंसिर
लोसपाका महिला नेतृ शिला देवी ठाकुर सहित दर्जनौ कार्यकर्ता तथा महिला नेतृहरु नेपाल सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।
नेसपाको केन्द्रिय कार्यालय जनकपुरधाममा राष्ट्रिय अध्यक्ष राम कुमार महतोको अध्यक्षता तथा अन्य नेताहरुको उपस्थितिमा नेतृ ठाकुरलाई नेपाल सद्भावना महिला मञ्चको केन्द्रिय उपाध्यक्ष पदमा मनोनित गरिएका छन् । दर्जनौं नव प्रवेशी महिला नेतृहरुलाई समेत प्रमाण पत्र दिई माला तथा टीका लगाई अध्यक्ष महतोले सम्मान गर्नु भएको थियो ।