जनकपुरधामको बजारलाई व्यवस्थित गर – Jaleshwortoday

जनकपुरधामको बजारलाई व्यवस्थित गर

 १६ मंसिर २०७८, बिहीबार ००:५१  
Education

जनकपुरधामको बजारहरुलाई व्यवस्थित गर्न आवश्यक रहेको देखिन्छ । यहाँको विभिन्न बजारहरु विभिन्न क्षेत्रमा भए पनि मूल बजार पेठिया बजार पिपिसी ढलान गरिए पनि शुक्रबारी,कुवा लगायत अन्य बजारहरु पिपिसी ढलान गरिएका छैनन् । यसले गर्दा बर्षातको समय बजारमा पानी जम्न गई बजार समानहरु बेच्ने व्यापारीलाई कठिनाई भएका हुन्छन् भने ग्राहकहरुलाई समेत अप्ठयारो भएको हुन्छ । जनकपुुरधामकै कुवा जुन सप्ताहमा तीन दिन सोमबार,बिहिवार र शनिबार लागे पनि यो बजारमा समेत अहिले वर्षात महिना नभए पनि पूर्वी र दक्षिणी भागमा फोहोर पानी अनावश्यक रुपमा जमेर रोग व्याधि फैलिने डर बढेको छ । खसी काट्ने बधशाला अव्यवस्थित भएकोले समेत यो क्षेत्र अति दुर्गन्धित बनेको छ । यस बजारको ठेकेदार,वडाध्यक्ष र यस पालिकाको नगर प्रमुखले अहिले सम्म कुनै पनि किसिमको समाधान गर्नु भएको छैन जुन दुःखद हो । यो बजारदेखि पश्चिमपट्टी क्षेत्रिय मत्स्यपालन कार्यालय रहेको छ भने विमानस्थल र प्रहरी चौकी समेत पश्चिम र उत्तरपट्टि पर्दछ । कुवाको शिव मन्दिरदेखि कुवा बजारसम्म आउने बाटो दिसापिसाबले अति फोहोर भएको छ जसको सफाईमा कसैको पहल नभएको देखिन्छ । त्यसकारण बजारहरुलाई सफा,सुग्घर र व्यवस्थित राख्न जरुरी देखिन्छ । सम्बन्धित सरोकारबालाहरुले समयमै ध्यान दिन जरुरी छ ।