नेसपा महोत्तरी जिल्ला उपाध्यक्षमा कापर र जलेश्वर नगर संयोजकमा महतो चयन – Jaleshwortoday

नेसपा महोत्तरी जिल्ला उपाध्यक्षमा कापर र जलेश्वर नगर संयोजकमा महतो चयन

 १६ मंसिर २०७८, बिहीबार ००:५०  
Nesapa

जलेश्वरटुडे समाचारदाता
जलेश्वर, १५ मंसिरर

नेपाल सद्भावना पार्टी (नेसपा) महोत्तरी जिल्ला उपाध्यक्षमा मनोहर कापर र जलेश्वर नगर संयोजकमा रामअशिष महतो बुधबार एउटा कार्यक्रम वीच चयन गरिएका छन् ।
जलेश्वरको खैरा चौकदेखि पूर्व दोस्रो तल्लामा अवस्थित नेसपा महोत्तरी जिल्ला समितिको कार्यालयमा राष्ट्रिय अध्यक्ष राम कुमार महतोको आतिथ्य तथा जिल्ला ईन्चार्ज पवन कुमार साहको अध्यक्षतामा जिल्ला भेला बैठक बसिएको थियो । सो बैठकमा पार्टीको भावी योजना सन्र्दभमा चर्चा गरिएको थियो । साथै महोत्तरी जिल्लाको १५ वटै स्थानिय तह,वडा,गाउँ,टोलमा जनसम्पर्क अभियान १७ गते शुक्रबारदेखि शुरु गर्ने समेत निर्णय गरियो । सोहि बैठकमा दर्जनौ कार्यकर्ता तथा नेताहरुको उपस्थितिमा जलेश्वर वडा नं.—४ सुगा भवानीपट्टिको मनोहर कापरलाई जिल्ला उपाध्यक्ष र रामअशिष महतोलाई जलेश्वर नगर संयोजकमा सर्वसम्मतिले चयन गरिएको थियो । साथै वहाँले दुवै मनोनित नेताहरुलाई टीका लगाई सदस्यता दिएर सम्मान गर्नुभएको थियो । राष्ट्रिय अध्यक्ष महतोले संयोजक रामअशिष महतो यस पार्टीको पुरानो नेता भएकोले वहाँलाई सदस्यता नदिएर सदस्यता नविकरण गरेको बताउनुभयो । वहाँले नेसपा महोत्तरी जिल्लाका सबै पुराना नेता तथा कार्यकर्ताहरुलाई पुरानो सदस्यता नविकरण गराउन आग्रह समेत गर्नुभयो । वहाँले यस पार्टीलाई सबैको सहयोगको आवश्यकता रहेकोले आफ्नो पार्टी सम्झेर सम्पर्कमा आउन सबैलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा केन्द्रिय सदस्य राम बाबु महतो ,विरेन्द्र महतो,प्रदेश प्रवक्ता निरञ्जन साह,जिल्ला कोषाध्यक्ष मोहन साह र जिल्ला सदस्य विनय कुमार निराला समेतको उपस्थिति रहेको थियो ।