हाम्रो अभिभावकत्व शैली गलत छ । हाम्रो केटाकेटी हुर्काउने शैली गलत भइरहेको छ । हाम्रो गलत अभिभावकत्वका कारण कोरोना महामारीपछि बालबालिका मानसिक स्वास्थ्य समस्यामा परेका छन् । उनीहरूमा स्क्रिन टाइम बढ्यो । हरसमय उनीहरूलाई स्क्रिनमा छोडिदियौं । कुराकानी गरेनौं । बालबालिकाको भावनात्मक सन्तुलन बुझ्ने भनेको नै उनीहरूसँगको संवादबाट हो । बालबालिकासँग कम्युनिकेसन अत्यन्तै महत्वपूर्ण छ । हामीले उनीहरूसँग संवाद गर्ने भनेको नै एकोहोरो मात्रै छ । हामीले पढ, होमवर्क गर नानी अथवा बाबु भन्छौं । उनीहरूको कुरा सुनेनौं ।
त्यसले उनीहरूको स्क्रिन लत नै बस्यो । मनोविज्ञानमा स्क्रिनको सबैभन्दा ठूलो बेफाइदा भनेको ‘इन्स्ट्यान्ट ग्रयाटिट्युड’ हो । त्यो भनेको चाँडो तृप्त हुने चाहना बढ्नु हो । जस्तो कुनै चिज चाहियो भने तुरुन्तै र जसरी पनि चाहियो भन्ने जिद्दी बनाउँछ । स्क्रिनले चाँडै तृप्त हुन चाहने लत बसाउँछ । ‘इन्स्ट्यान्ट ग्रयाटिट्युड’ले बच्चालाई एग्रेसिभ बनाउँछ । र, आत्महत्यासम्मको अवस्था निम्त्याउन सक्छ । आत्महत्याको प्रक्रिया लामो हुने भएपनि त्यसमा देखिने एउटा प्रमुख कारण भनेको बालबालिका चाहेको समयमा तृप्त हुन नसक्नु हो । भनेको समयमा तृप्त हुन नसक्दा आवेगमा आएर आत्महत्या गरेको घटना बढेको छ । मैले आफूले गरेको अध्ययन अनुसार अहिलेको समस्या भनेको बालबालिकामा आत्महत्या दर बढ्नुको मुख्य कारण स्क्रिन हो । बालबालिकाको मानसिक स्वास्थ्य समस्याबारे ख्याल नै गरेनौं । बालबालिकामा डिप्रेसन, एन्जाइटी हुन्छ भन्ने नै सम्झिएनौं । नङ टोकिराखेका बालबालिका, आवेगमा आउने, सोफामा उफ्रिराख्ने बालबालिकालाई उनीहरूको भावनात्मक रूपमा असन्तुलन भएको भनेर सोचेनौं । हाम्रो बेवास्ताका कारण बालबालिका आत्महत्या जस्तो गम्भीर दुर्घटनाका शिकार भएका छन् । कोरोनाको कारणले गर्दा अभिभावकले बालबालिकासँग जुटाउने समय बढ्यो । तर गुण स्तरीय समय चाहिं बढेन । जस्तो हामी अभिभावक घरैमा बालबालिकासँगै छौं । बालबालिका टिभी हेरिरहेका छन् भने हामी आफैं मोबाइलमा भुलिएका छौं । त्यो भएपछि त जति समय भएपनि बालबालिकासँग बिताउने गुणस्तरीय समय भएन । त्यसैले हाम्रो अभिभावकत्वमा पनि कमजोरी छन् । मैले केटाकेटीलाई समय दिइरहेको छु भनेर मात्रै भएन । उनीहरूसँगको संवाद घट्दो छ । जसले केटाकेटी टेलिभिजन अथवा मोबाइल, ल्यापटपमा हेरेको क्यारेक्टरसँगै संवाद गर्न बाध्य छन् । उनीहरू आफूले हेरेको क्यारेक्टर जस्तै बोल्ने, हिंड्ने व्यवहार गर्ने देखिन्छ । त्यसैले हामीले दिएको समय गुण स्तरीय भएन । जसको कारण उनीहरूले स्क्रिनमा बढी समय बिताए । ‘इन्स्ट्यान्ट ग्रयाटिट्युड’ लत लाग्यो । अहिले बालबालिका र आमाबुवाबीचको सम्बन्ध तृप्तताको लागि मात्रै भएको छ । मेरो आमाबुवा किन छन् भन्दा चाहिं मेरो आवश्यकता पूरा गर्छ । जस्तै उनीहरूले राम्रो मोबाइल, खेलौना, मीठो चकलेट किनिदिन्छन् भन्ने होला । आफ्नो आवश्यकता पूर्तिको लागि मात्रै अभिभावक हो भन्ने कुरा पछिल्लो समयमा विकास हुँदै गइरहेको छ । संवादको कमीले अहिले आमाबुवा र बालबालिकाबीचको परम्परागत सम्बन्ध नै परिवर्तन भएको छ । सम्बन्ध कमजोर हुँदै गएको छ । आफूलाई लागेका कुरा एकअर्कासँग सेयर हुँदैन । एकअर्काबीचको भावनात्मक, संवेगात्मक सम्बन्ध हराउँदै गइरहेको छ । किनभने हामीले बालबालिकासँग संवाद गरेर उनीहरूको समस्या बुझ्ने कोशिश गरेका छैनौं । अभिभावक भनेको बालबालिकाको अभिभावक र साथी पनि हो । हाम्रो अभिभावकत्व शैली गलत छ । हाम्रो केटाकेटी हुर्काउने शैली गलत भइरहेको छ । हाम्रो गलत अभिभावकत्वका कारण कोरोना महामारीपछि बालबालिका मानसिक स्वास्थ्य समस्यामा परेका छन् । उनीहरूमा स्क्रिन टाइम बढ्यो । हरसमय उनीहरूलाई स्क्रिनमा छोडिदियौं । कुराकानी गरेनौं । बालबालिकाको भावनात्मक सन्तुलन बुझ्ने भनेको नै उनीहरूसँगको संवादबाट हो । बालबालिकासँग कम्युनिकेसन अत्यन्तै महत्वपूर्ण छ । हामीले उनीहरूसँग संवाद गर्ने भनेको नै एकोहोरो मात्रै छ । हामीले पढ, होमवर्क गर नानी अथवा बाबु भन्छौं । उनीहरूको कुरा सुनेनौं ।
त्यसले उनीहरूको स्क्रिन लत नै बस्यो । मनोविज्ञानमा स्क्रिनको सबैभन्दा ठूलो बेफाइदा भनेको ‘इन्स्ट्यान्ट ग्रयाटिट्युड’ हो । त्यो भनेको चाँडो तृप्त हुने चाहना बढ्नु हो । जस्तो कुनै चिज चाहियो भने तुरुन्तै र जसरी पनि चाहियो भन्ने जिद्दी बनाउँछ । स्क्रिनले चाँडै तृप्त हुन चाहने लत बसाउँछ । ‘इन्स्ट्यान्ट ग्रयाटिट्युड’ले बच्चालाई एग्रेसिभ बनाउँछ । र, आत्महत्यासम्मको अवस्था निम्त्याउन सक्छ । आत्महत्याको प्रक्रिया लामो हुने भएपनि त्यसमा देखिने एउटा प्रमुख कारण भनेको बालबालिका चाहेको समयमा तृप्त हुन नसक्नु हो । भनेको समयमा तृप्त हुन नसक्दा आवेगमा आएर आत्महत्या गरेको घटना बढेको छ । मैले आफूले गरेको अध्ययन अनुसार अहिलेको समस्या भनेको बालबालिकामा आत्महत्या दर बढ्नुको मुख्य कारण स्क्रिन हो । बालबालिकाको मानसिक स्वास्थ्य समस्याबारे ख्याल नै गरेनौं । बालबालिकामा डिप्रेसन, एन्जाइटी हुन्छ भन्ने नै सम्झिएनौं । नङ टोकिराखेका बालबालिका, आवेगमा आउने, सोफामा उफ्रिराख्ने बालबालिकालाई उनीहरूको भावनात्मक रूपमा असन्तुलन भएको भनेर सोचेनौं । हाम्रो बेवास्ताका कारण बालबालिका आत्महत्या जस्तो गम्भीर दुर्घटनाका शिकार भएका छन् । कोरोनाको कारणले गर्दा अभिभावकले बालबालिकासँग जुटाउने समय बढ्यो । तर गुण स्तरीय समय चाहिं बढेन । जस्तो हामी अभिभावक घरैमा बालबालिकासँगै छौं । बालबालिका टिभी हेरिरहेका छन् भने हामी आफैं मोबाइलमा भुलिएका छौं । त्यो भएपछि त जति समय भएपनि बालबालिकासँग बिताउने गुणस्तरीय समय भएन । त्यसैले हाम्रो अभिभावकत्वमा पनि कमजोरी छन् । मैले केटाकेटीलाई समय दिइरहेको छु भनेर मात्रै भएन । उनीहरूसँगको संवाद घट्दो छ । जसले केटाकेटी टेलिभिजन अथवा मोबाइल, ल्यापटपमा हेरेको क्यारेक्टरसँगै संवाद गर्न बाध्य छन् । उनीहरू आफूले हेरेको क्यारेक्टर जस्तै बोल्ने, हिंड्ने व्यवहार गर्ने देखिन्छ । त्यसैले हामीले दिएको समय गुण स्तरीय भएन । जसको कारण उनीहरूले स्क्रिनमा बढी समय बिताए । ‘इन्स्ट्यान्ट ग्रयाटिट्युड’ लत लाग्यो । अहिले बालबालिका र आमाबुवाबीचको सम्बन्ध तृप्तताको लागि मात्रै भएको छ । मेरो आमाबुवा किन छन् भन्दा चाहिं मेरो आवश्यकता पूरा गर्छ । जस्तै उनीहरूले राम्रो मोबाइल, खेलौना, मीठो चकलेट किनिदिन्छन् भन्ने होला । आफ्नो आवश्यकता पूर्तिको लागि मात्रै अभिभावक हो भन्ने कुरा पछिल्लो समयमा विकास हुँदै गइरहेको छ । संवादको कमीले अहिले आमाबुवा र बालबालिकाबीचको परम्परागत सम्बन्ध नै परिवर्तन भएको छ । सम्बन्ध कमजोर हुँदै गएको छ । आफूलाई लागेका कुरा एकअर्कासँग सेयर हुँदैन । एकअर्काबीचको भावनात्मक, संवेगात्मक सम्बन्ध हराउँदै गइरहेको छ । किनभने हामीले बालबालिकासँग संवाद गरेर उनीहरूको समस्या बुझ्ने कोशिश गरेका छैनौं । अभिभावक भनेको बालबालिकाको अभिभावक र साथी पनि हो ।