
जलेश्वरटुडे समाचारदाता
धनुषा, १७ मंसिर
जनकपुरधामको एयरपोर्ट रोड माछापालनदेखि पूर्व अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले शुक्रबार शैक्षिक पात्रो अनुसार एउटा कार्यक्रम वीच गायन तथा नृत्य प्रतियोगिता समपन्न गरेका छन् । गायन प्रतियोगिता अन्तर्गत कक्षा ४ देखि कक्षा यू.के.जी.सम्मका ९ जना विद्यार्थीहरुले सहभागि भएका थिए । जसमध्ये कक्षा यू.के.जी.को पुष्कर ठाकुर प्रथम,कक्षा ३ को रानी दास द्वितिय र कक्षा ४ को वर्षा ठाकुर तृतिय भएका थिए । त्यसैगरी नृत्य तर्फ १२ जना सहभागि भएका थिए । सहभागिहरु मध्ये कक्षा ४ को रुक्साना खातुन प्रथम,कक्षा ४ को वर्षा ठाकुर द्वितिय तथा कक्षा ३ को रानी दास तृतिय भएका थिए । उत्कृष्ट सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयको प्रधानाध्यापक उप—प्र्रा.पवन कुमार साह र उपप्रधानाध्यापक सोनी साहले पुरस्कृत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले हिन्दी तथा नेपाली फिल्मका गीत मा गायन तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा वरिष्ठ शिक्षक सरोज झा,विवेकानन्द झा,विन्देश्वर लाल कर्ण र शिक्षिका अन्जु महतोले निर्णायक मण्डलको भूूमिका निर्वाह गरेका थिए । शिक्षिका रोजी कर्ण,निशा झा,देवकाली यादव,अन्जली श्रेष्ठ,खेल शिक्षक संजय यादव,लेखापाल सरस्वति महतो,का.स.रिना ठाकुर र गिता देवीको समेत उपस्थिति रहेको थियो । प्र.अ.साहले सहभागि नभएका विद्यार्थीहरुलाई अन्य प्रतिस्पर्धाहरुमा भाग लिन प्रोत्साहित गर्नुभएका थिए भने सहभागिहरु तथा उत्कृष्ट विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभयो । कार्यक्रम समपन्न गर्नमा सहयोग गर्ने सबैप्रति प्र्रअ साहले आभार प्रकट गर्नुभयो । यस किसिमको कार्यक्रमहरुको आयोजनाले विद्यार्थीहरु उत्साहित देखिएका थिए ।