राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा गरे सार्वजनिक – Jaleshwortoday

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा गरे सार्वजनिक

 १८ मंसिर २०७८, शनिबार ०६:२०  
NEB

जलेश्वरटुडे समाचारदाता
भारत, १७ मंसिर

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा (रिजल्ट) सार्वजनिक गरेको छ । आज बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजा सार्वजनिक गर्ने निर्णय भएको बताए । गत भदौ ३० देखि असोज ८ सम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए । ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन् । ४८ हजार २ सय ३९ जनाले ए ग्रेड ल्याएका छन् । त्यस्तै बी प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन् । बी ग्रेड ल्याउनेमा ९९ हजार ५ सय ३७ छन् । ७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन् । सी ल्याउनेमा २४ हजार ५ सय १५ जना छन् । डी प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ परीक्षार्थी छन् भने डी प्लस ल्याउनेमा २ सय ९६ जना छन् । १० हजार ७३ परीक्षार्थीले इ ल्याएका छन् । गत वैशाखमै गरिनुपर्ने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण असोजमा सञ्चालन गरिएको थियो। परीक्षा होम सेन्टरमा सञ्चालन गरिएको थिया े।