मतदाता नामाबली दर्ता गराऔं – Jaleshwortoday

मतदाता नामाबली दर्ता गराऔं

 १८ मंसिर २०७८, शनिबार २१:५८  
Education

२०७८ साल मंसिर १७ गते शुक्रबारदेखि शुरु भएको मतादाता नामाबली दर्ता गराउन अति आवश्यक छ । यो कार्यक्रम नेपाल सरकारको सहयोगमा हिमाल,पहाड तथा तराई गरी देशव्यापि रुपमा संचालन गरिएको छ । १६ वर्ष उमेर पुरा गरी नागरिकता प्राप्त गरिसकेका नेपाली नागरिकहरुले नाम दर्ता गराउन सक्छन् । १८ वर्ष पुरा गरी सकेका नागरिकले मतदान समेत गर्न पाउने छन्् । स्थानिय चुनाव नजिकिरहेको अवस्थामा निर्वाचनमा भाग लिन तथा कुुशल नेतृत्वकर्ता चयन गर्नको लागि मतदान गर्न आवश्यक छ । मतदान गर्नको लागि मतदाता नामाबलि दर्ता गराउन आवश्यक छ । निर्वाचनको बेला यहि कम्प्युटराइज्ड नामाबलि तथा परिचय पत्रको आधारमा नाम भिडाई सहि नागरिक हो वा होइन यकिन गर्ने गरिन्छ । मौलिक अधिकार अन्तर्गत राइट टु भोट अर्थात चुनावमा भाग लिन र कुशल नेता चयन गर्ने अधिकार नेपालको सम्पूर्ण नागरिकलाई छ । त्यसकारण लोकतान्त्रिक,संबैधानिक तथा प्रजातान्त्रिक प्रक्रिया अन्तर्गत आफ्नो अमूल्य मतको प्रयोग गर्नु नैसर्गिक अधिकार तथा असल नागरिकको गुण समेत रहेकोले कोहि पनि यो मौकाबाट नछुटौ तथा नेपाल सरकारलाई समेत देशको विकासको लागि असल नेतृत्वकर्ता चयन गर्न सहयोग गर्न जरुरी छ ।