विवाहपञ्चमी मिथिलाञ्चलको महापर्वहरु मध्ये एक हो । विवाहपञ्चमीको आयोजना प्रत्येक साल झै यस वर्ष पनि जोडतोडको साथ मनाउन थालिएको छ । जनकपुरधामलाई बेहुली झै सिंगार्ने तथा सजाउने काम भइरहेको छ । रामलिला,झाँकी,किर्तन लगायतका धार्मिक साँस्कृतिक कार्यक्रमहरु समेतको संचालन भइसकेको छ । मिथिला पेन्टिंग समेत मुख्य—मुख्य सडकको पेटीका पर्खालहरुमा बनाइरहेको देखिएका छन् । यी सबै कार्यहरु आवश्यक तथा यहाँको संस्कृति झल्काउने कामहरु हुन् । पक्कै पनि यसले त्रेता युगको भगवान राम र माता सिताको बैवाहिक परिवेशलाई झल्काउने छन् । तर यसको अलावा बाह्र बिघा मैदानलाई व्यवस्थित गर्न समेत आवश्यक देखिन्छ । यस क्षेत्रमा निःशुल्क पेय जल,भोजन,रात्रिकालिन बासगृह,अस्थायि सुलभ शौचालय,स्वास्थ्य सामाग्री,चिकित्सक लगायत अन्य सामाग्री तथा साधनहरुको उपलब्धता हुन जरुरी छ । जनकपुरधाम भित्र भएका लाँज तथा भोजनालयहरुमा समेत उचित शुुल्क लिई यात्रिहरुलाई सहयोग गर्न जरुरी छ । स्थानियहरुले समेत हरेक साल झै यस वर्ष पनि नगरमा दीपावली मनाई त्रेता युगको दृष्यलाई चित्रण गर्न जरुरी छ । खोयापाया विभागको समेत उचित व्यवस्थापन हुन जरुरी छ । मेलालाई नियन्त्रित गर्न प्रहरी तथा सहयोगी संस्थाहरुको सहयोग लिन जरुरी छ । रामसिता विवाहको मण्डप जानकी मन्दिरको प्र्रागंणमा व्यवस्थापन हुँदा दर्शकहरुको भीड अनियन्त्रिक रहेको हुँदा सहजता प्रदान गर्न जरुरी छ ।