पूर्व सांसद एवं पार्टीको पूर्व केन्द्रिय सदस्य लाई अनुशासनको कारबाही गर्न माग – Jaleshwortoday

पूर्व सांसद एवं पार्टीको पूर्व केन्द्रिय सदस्य लाई अनुशासनको कारबाही गर्न माग

 २० मंसिर २०७८, सोमबार ००:४८  
Congress

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १९ मंसिर

नेपाली काँग्रेसको क्षेत्र नम्बर ३ मा एक समूहले निर्वाचन अधिकृतलाई अपहरण गरि अवैधानिक तरीकाले घोषणा गरिएको क्षेत्रिय कार्यसमिति, महाधिवेशन प्रतिनिधि एवं महासमितिलाई वितरण गरिएको प्रमाणपत्र रद्द गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिले नेपाली काँग्रेस चौथो महाधिवेशन महोत्तरीका निर्वाचन अधिकृतको नाममा पठाएको पत्रमा तत्काल निर्वाचन गराउन सहमति प्रदान गरेको हो । केन्द्रीय निर्वाचन समितिको पत्र प्राप्त हुनासौथ जलेश्वरस्थित पार्टी कार्यालयमा जिल्ला सचिव शम्भू पाठकले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । पाठकले सामाजिक संजालमा सार्वजनिक भएको तस्विरबाट प्रमाणपत्र वितरणमा पूर्व सांसद एवं पार्टीको पूूर्व केन्द्रीय सदस्य रामचन्द्र तिवारीको संलग्नता देखिएकोले तत्काल अनुशासनको कारबाही चलाउन माग गरेको छ ।
उनले क्षेत्रिय निर्वाचन अधिकृत धिरेन्द्र मण्डलले राजीनामा समेत दिइसकेको छन् । निर्वाचनको कार्यक्रम घोषणा भएमा कार्यसमिति, महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यका लागि सर्वसम्मत प्रयासको सम्भावना टरेको छैन ’ जिल्ला सचिव पाठकले भने, ‘सहमति नभएको खण्डमा मात्रै मतदान हुनेछ ।’