नेसपामा दर्जनौं महिलाहरु अधिकार प्राप्तिको लागि प्रवेश – Jaleshwortoday

नेसपामा दर्जनौं महिलाहरु अधिकार प्राप्तिको लागि प्रवेश

 २० मंसिर २०७८, सोमबार २३:१२  
Nesapa

जलेश्वरटुडे समाचारदाता
धनुषा, २० मंसिर

नेपाल सद्भावना पार्टी (नेसपा))मा दर्जनौ महिलाहरु अधिकार प्राप्तिका लागि प्रवेश गरेका छन् । नेसपाको केन्द्रिय कार्यालय जनकपुरधाममा आयोजिक पार्टी प्रवेश कार्यक्रममा राखी महतो, सरिता पासवान,सरिता देवी राउत लगायत दर्जनौं महिलाहरुलाई धनुषा जिल्ला कार्यसमितिको सदस्यता बरिष्ठ नेता तथा संस्थापक राजेन्द्र प्रसाद सिंह र राष्ट्रिय अध्यक्ष राम कुमार महतो को हातबाट दिइएको हो । यस कार्यक्रमको अगुवाई केन्द्रिय सदस्य विरेन्द्र कुमार महतोले गर्नुभ एको थियो । नव प्रवेशीहरुलाई माला,टीका लगाई अध्यक्ष महतोले बधाई दिनु भएको थियो । अध्यक्ष महतोले मधेसी महिलाहरुलाई अधिकार प्राप्तिको लागि नेसपामा जुडन आग्रह गर्नुभयो । कार्यक्रममा नेसपा सू.सं.प्रमुख पवन कुमार साहको समेत उपस्थिति रहेको थियो ।