विवाहपञ्चमीको अवसरमा सिंगारिएको जनकपुरधाम आज त्रेतायुगमय बनेको छ । आज मिथिलाबासी तथा मिथिलानीहरु रघुवरलाई स्वागत गर्न भावुक तथा आतुर देखिन्छ । जनकपुरधाम सबैतिरबाट झिलिमिलि बत्तिले सजाइएका छन्् । रंगीचंगी पुष्प तथा बतिको मिश्रणले आज स्वर्गको आभास भएको छ । जन्तीलाई सुस्वागत गर्न ठाउँ—ठाउँमा विभिन्न स्वागत द्वारहरु महोत्तरीको भिठामोड,जलेश्वर,मटिहानी तथा जनकपुरधाममा बनाइएका छन् । आज जनकपुुरधामबासी आफूलाई गौरबाञ्चित महसुस गर्दैछन्् । सबै सरकारी संयन्त्रहरु समेत जनकपुरधामको त्रेताकालिन गरिमालाई कायम राख्न तथा कुनै पनि कमी नहुन दिन तयार गरिएका छन् । आगन्तुकहरुलाई केहि समस्या भए पनि संयमित भएर दुलहा सरकारको दर्शन तथा स्पर्श गर्न दुःःखलाई यतिखेर विर्सेको देखिन्छ । स्थानिय मिथिलाबासी माता सिताको विवाहको रमझमलाई महसुस गर्न पाएका छन्् यतिखेर । उनीहरुलाई एकातिर हर्षको अनुभुति भएको छ भने अर्कातिर विदाईको बेलाको दुःखको समेत अनुभुति गर्नुपर्ने छ । राजा जनक तथा अयोध्या नरेश दशरथको मिलन हुने छ । नेपाल भारतको त्रेताकालिन सम्बन्ध आज फेरी ताजा हुने छ । आज सबै देवि तथा देवताहरु जनकपुरधाममा हुने भगवान राम र माता सिताको विवाह हेर्न पृथ्वी लोकमा आइपुग्ने छन््् । यो पावन भूमि फेरी एक चोटी धन्य हुने छन् । आज त्रेतायुगमय जनकपुरधाम बनेको छ । सु—स्वागतम् । सु—स्वागतम् ।।