कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण अमेरिकाको न्यूयोर्क र दक्षिण अफ्रिकामा देखिएको ले त्यहाँ आपतकाल घोषणा गरिएसँगै अहिले नेपालमा समेत प्रवेशमा निषेध गरिएको छ । स्वभावतः अहिले नेपाली जनमानसमा यसबारे चर्चा परिचर्चा हुन थालेका छन् । प्रायजसो नेपाली नागरिकले कोरोनाको खोप लगाई सकेपनि यस बारे लापरबाहि गर्नु मुर्खता हुने देखिन्छ । यी भाइरसहरु हावाको माध्यमबाट नसरे पनि यसको संक्रमण मानवीय स्पर्श तथा संगतबाबट सर्ने भएकोले यसबारे सबैले पहिले झै सतर्क भएर काम गर्न आवश्यक छ । विश्व स्वास्थ्य संगठनको अनुसार ओमिक्रोन भाइरसबारे अहिले अनुसन्धान भइरहेकोले अहिले नै यसदेखि नडराउन सुझाएका छन् भने शतर्क रहन समेत आग्रह गरिएका छन् । अहिले विद्यालय तथा सार्वजनिक संस्थाहरु चालु अवस्थामा रहेकाले यस ठाउँहरुमा समेत समाजिक दुरी,मास्कको प्रयोग र सेनिटाइजरको प्रयोगमा नियमितता गर्न जरुरी देखिन्छ । किनभने रोग लाग्नु भन्दा पहिले नै निदान खोज्नु तथा शतर्कता अपनाउनु बद्धिमानी भएकोले सबैले यसको पालना गर्न आवश्यक छ । तर यसबारे कुनै पनि किसिमको गलत अपबाह फैलाउन आवश्यक छैन । हामीले आफ्नो काममा ध्यान दिन आवश्यक छ । मनोबल कम भएका मानिसलाई सुझाव दिन जरुरी छ । यस भेरियण्टबारे बुझ्न तथा चिन्तन गर्न आवश्यक छ । यसबारे सबैले पूर्व तयारी समेत गर्न जरुरी छ भने बच्चाहरुलाई खोप लगाउन जरुरी छ ।