विवाहपञ्चमीको मुख्यदिन स्वयम्वर समपन्न, राति वैवाहिक कार्यक्रम परम्परागत रुपमा समपन्न – Jaleshwortoday

विवाहपञ्चमीको मुख्यदिन स्वयम्वर समपन्न, राति वैवाहिक कार्यक्रम परम्परागत रुपमा समपन्न

 २२ मंसिर २०७८, बुधबार २२:३५  
Vivah

जलेश्वरटुडे समाचारदाता
धनुषा, २२ मंसिर

राम जानकी विवाहमहोत्सवको मुख्य दिन स्वयम्वर सम्पन्न भएको छ । बुधबार रंगभूमि मैदान (बाह्रविघा)मा स्वयम्बर कार्यक्रम सम्पन्न भएको छ ।
विवाह उत्सवमा सहभागि हुन नेपाल र भारतको विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम आएका थिए । स्वयंम्वर कार्यक्रममा सहभागि हुनका लागि हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भिड लागेको थियो ।
बुधबार राम मन्दिर र जानकी मन्दिरबाट डोला निकाली रंगभूमि मैदान बाह्रविघामा गएर स्वयंवर कार्यक्रम भएको थियो । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्प वृष्टि गरिएको थियो। सीता–राम विवाह कार्यक्रम बुधबार राति सम्पन्न मिथिलाको परम्परा अनुसार समपन्न भएको थियो । भोली रामकलेवा भएसँगै विधिवत रुपमा विवाहपञ्चमी सम्पन्न हुनेछ ।