मानव अधिकारको संरक्षण जरुरी – Jaleshwortoday

मानव अधिकारको संरक्षण जरुरी

 २५ मंसिर २०७८, शनिबार २२:३३  
Education

डिसेम्बर १० मा प्रत्येक साल अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइने गरिन्छ । यस वर्ष ७३ औं मानव अधिकार दिवस मनाइएको छ । यस क्षेत्रमा थुप्रै संघ—संस्थाहरुले काम गरिरहेका छन् । हाम्रो नेपालको संविधानमा समेत यस सम्बन्धि ऐन तथा नियमहरु बनेका छन््् ।
तर अहिले पनि नेपालको सन्दर्भमा मानव अधिकारको संरक्षणमा थप बल तथा प्र्रयासको आवश्यकता रहेको देखिन्छ । यहाँ अहिले धेरचुनौतिहरु तथा समस्याहरु रहेका छन् । शिक्षा,समान व्यवहार,गोपनीयता,स्वतन्त्र विवाह,चुनावमा भाग लिन पाउने,बोल्ने तथा सल्लाह दिन पाउने स्वतन्त्रता,दासताबाट मुक्त पाउनुपर्ने,स्वतन्त्र रुपमा जिउन पाउने लगायतका मानवीय मौलिक तथा आधारभूत अधिकारहरु छन् जसको पहुँच तथा उपलब्धता समानुपातिक तथा समावेशि रुपमा देखिदैन । धेरै कामहरु त पेपरमै सक्ने पनि संघ—संंस्थाहरु छन् । माओबादीकालमा बेपता भएका मानिसहरु मध्ये धेरै अहिले पनि पता लगाउन बाँकी रहेको देखिन्छ । नेपालको परिवेशमा अहिले जातिय भेदभाव,छुवाछुत,दाइजो,ठूलाले सानालाई हेप्ने तथा शोषण गर्ने आदि प्रवृति व्याप्त देखिएकोले यस्ता क्षेत्रमा काम गर्ने एनजिओ तथा आइएनजिओले अझै शसक्त भएर काम गर्न जरुरी छ । कामलाई कागजमा मात्र सिमित नगरेर व्यवहारिक रुपमा काम गर्न अहिलेको आवश्यकता रहेको देखिन्छ ।