प्रदेश २ को बजेट खर्चमा असन्तुलन देखिएको छ । आ.व.२०७८।०७९ श्रावणदेखि कार्तिकसम्ममा १० प्र्रतिशत मात्रै बजेट खर्च हुुनु नितान्त चिन्ताजनक अवस्था रहेको देखिन्छ । जबकी प्र्रथम चौमासिकसम्म २५ प्र्रतिशतसम्म बजेट खर्च गरि विकासात्मक योजनाका कामहरु गरिसक्नुपर्ने हो । विकासात्मक बजेट त २ प्र्रतिशत मात्र खर्च भएको छ । नेपालको बजेट असाढमा सिध्याउने पुरानो परम्परालाई समयानुकुल परिमार्जन तथा सन्तुलित गर्न जरुरी छ । किनभने यस किसिमको कार्य प्रणाली हतारको संकेत गर्दछ । यस परिवेशमा कामहरु कागजमा मात्र सिमित हुने भएकोले यसलाई निरुत्साहित गर्न जरुरी छ । यस सन्दर्भमा प्र्रदेश सरकारले तिव्रताका साथ बजेटको यथोचित तथा समयानुकुल खर्च गर्ने वातावरणको सिर्जना गराउन सक्नुपर्छ । यसको लागि अध्ययन तथा अनुसन्धानको आधारमा विज्ञहरुको सहयोग लिई बजेट प्रयोग तथा खर्च सम्बन्धि निर्देशिका बनाई कार्यान्वयन गराउनुपर्ने आवश्यकता रहेको देखिन्छ । बजेट खर्च गर्न कार्ययोजना तयारको आधारमा काम नभएको खण्डमा त्यसको फ्रिज गर्ने तथा कडा कानुन बनाई यसको नियमित तथा यथोचित प्र्रयोग तथा खर्चको प्रोत्साहित गर्न सक्नुपर्छ । यो समस्या भनेको मात्र प्रदेश २ को नभई स्थानिय तथा संघिय सरकारको पनि रहेकोले यसको निदान गर्न आवश्यक छ । दीगो तथा असल विकासको लागि समयमै बजेट खर्च गर्नुुपर्छ ।