जलेश्वरटुडे समाचारदाता
धनुुुषा, २९ मंसिर
ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलका विद्यार्थीहरुलाई बिहिबार एक कार्यक्रम वीच दाँत माज्ने सम्बन्धि तालिम दिइएको छ ।
सो विद्यालयमा अध्ययनरत कक्षा पिजीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई सहि तरिकाले दाँत माज्ने तरिका सम्बन्धि तालिम दन्त चिकित्सक अनिता यादवले दिनुभयो । डा. यादवले विद्यार्थीहरुलाई दाँत माज्ने तरिका,ब्र्रसको साइज,पेस्टको मात्रा तथा माज्ने समय सम्बन्धि जानकारी गराउनुभयो । विद्यालयका शिक्षक,शिक्षिका तथा कर्मचारीहरुको सहयोगमा सो कार्यक्रम समपन्न भएको थियो । संस्थापक प्र.अ.उप—प्रा. पवन कुमार साहले डा.यादव लगायत सबै प्रति आभार प्र्रकट गर्नुभयो ।