
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण अमेरिकाको न्यूयोर्क र दक्षिण अफ्रिकाबाट भारतमा फैलिसकेको अवस्था छ । अहिले नेपालमा समेत यसको संक्रमणको खतरा बढेको छ । प्रायजसो नेपाली नागरिकले कोरोनाको खोप लगाई सकेपनि यस बारे लापरबाहि गर्नु मुर्खता हुने देखिन्छ । यी भाइरसहरु हावाको माध्यमबाट नसरे पनि यसको संक्रमण मानवीय स्पर्श तथा संगतबाट सर्ने भएकोले यसबारे सबैले पहिले झै सतर्क भएर काम गर्न आवश्यक छ । यो भेरियण्ट कोरोना भन्दा बढी नै खतरनाक रहेको विश्व स्वास्थ्य संंगठनको ठहर रहेको छ । अहिले विद्यालय तथा सार्वजनिक संस्थाहरु चालु अवस्थामा रहेकाले यस ठाउँहरुमा समेत समाजिक दुरी,मास्कको प्रयोग र सेनिटाइजरको प्रयोगमा नियमितता गर्न जरुरी देखिन्छ । किनभने रोग लाग्नु भन्दा पहिले नै निदान खोज्नु तथा शतर्कता अपनाउनु बद्धिमानी भएकोले सबैले यसको पालना गर्न आवश्यक छ । तर यसबारे कुनै पनि किसिमको गलत अपबाह फैलाउन आवश्यक छैन । हामीले आफ्नो काममा ध्यान दिन आवश्यक छ । यस भेरियण्टबारे बुझ्न तथा चिन्तन गर्न आवश्यक छ । यसबारे तीने तहको सरकारले तयारी अवस्थामा बस्न जरुरी रहेको छ । बच्चाहरुलाई खोप लगाउन छुटेकोले यस कामको लागि सरोकारबाला सिघ्र कार्यान्वयन गर्न जरुरी छ ।