प्र्रसंग अन्तरर्राष्ट्रिय बालिका दिवसबाट उठाउने मन लाग्यो । अहिले अन्तर्राष्ट्रिय बालिका दिवसको मौका पारेर ठाउँ—ठाउँमा विभिन्न कार्यक्रमहरु गरिएको तथा जुलुस समेत निकालिएको देखियो । तर प्रदेश नं. २ लगायत नेपालभरी भईरहेको बालिका बलात्कारको सम्बन्धमा कुनै पनि अन्तर्राष्ट्रिय निकायले यस दिवसको अवसरमा केहि पनि बताएका छैनन् । बालिकाहरु सुरक्षित किसिमले सौचालय समेत निस्कन सक्ने अवस्था छैन नेपालमा । यस सम्बन्धमा थुप्रै बजेट खर्चिने ती अन्तर्राष्ट्रिय निकायहरु किन यस सम्बन्धमा नेपाल सरकारसँग कुरा उठाउदैनन् ? किन यस सम्बन्धमा अन्तर्राष्ट्रिय बालिका आयोगसँग सहकार्य गर्दैनन् । वास्तवमा अहिले मानवी रुपी दानवहरु टोल—टोलमा लुकेका छन्् । यस्ता अपराधीहरुलाई पहिचान गरी कानूनी कारवाही गरिनुपर्छ । तर अहिले कानूनी कारवाही नै उपयुुक्त देखिएको छैन । किनभने यस कारवाहीले बलात्कार जस्तो अपराध घटेको छैन । यसकोे लागि विशेष किसिमको कानून ल्याउन आवश्यक छ । अर्थात नेपालमा पनि यस्ता बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्छ । नेपालमा बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी तथा सरकारी संस्थाहरुले समेत बलात्कार न्यूनीकरण तथा रोकथामको लागि जनचेतनामूलक कार्यक्रमहरु चलाउनु आवश्यक रहेको देखिन्छ । नेपाल सरकारले समेत बलात्कार सम्बन्धमा सिघ्र कारबाही गर्ने निकायको स्थापना गरिनुुपर्छ । अहिले गाउँ घरमा यस्ता घटना मिलाउनको लागि आर्थिक चलखेल भएको समेत बुझिएको छ । यस किसिमको घटना रफादफा गर्ने विचौलियाहरुलाई कानूनी कारबाही गरिनुुपर्छ । अहिले बालिका तथा अभिभावकले पनि सचेत हुन आवश्यक छ । कुनै शंंका लागेमा अभिभावकलाई जानकारी गराउनुुपर्छ ।