आरजे इर्शाद शेख
महोत्तरी, १५ भाद्र
नेपाल-भारत मैत्री युवा सङ्घद्वारा सञ्चालित “उडान” कार्यक्रम अन्तर्गत महोत्तरीको जलेश्वर नगरपालिका–१ मा अवस्थित श्री महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयका SEE उर्तिण १२ जना छात्रालाई साइकल वितरण गरिएको छ।

उक्त कार्यक्रम आइतबार का दिन विद्यालय को प्राङ्गणमा सम्पन्न भएको छ कार्यक्रममा नेपाली कांग्रेसका महोत्तरी जिल्लाका वरिष्ठ नेता तथा पूर्व सांसद रामचन्द्र तिवारीको प्रमुख आतिथ्यमा छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको हो।
कार्यक्रममा नेपाल-भारत मैत्री युवा सङ्घ महोत्तरीका अध्यक्ष जितेन्द्र सिंहको अध्यक्षता रहेको थियो भने सङ्घका केन्द्रीय महासचिव कृष्ण सिंह विशेष अतिथि रहेका थियो।

साइकल वितरण कार्यक्रममा नेकपा एमालेका नेता राम आधार कापर, विभिन्न सञ्चारकर्मी, समाजसेवी, राजनीतिकर्मी, अभिभावक तथा विद्यालय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल-भारत मैत्री युवा सङ्घले सञ्चालनमा ल्याएको “उडान” कार्यक्रम ग्रामीण तथा सीमान्तकृत क्षेत्रका छात्राहरूलाई शिक्षामा सहुलियत र पहुँच सुनिश्चित गर्न लक्षित गरिएको हो।
साइकल प्राप्त गरेपछि छात्राहरूले दैनिक विद्यालय आवतजावत सहज हुने र उच्च शिक्षाको लागि उत्साह थपिएको प्रतिक्रिया दिएका छन् ।
