आरजे इर्शाद शेख
महोत्तरी, १९ भाद्र
विकास परियोजनाको समीक्षा, उपलब्धि र आगामी कार्यदिशामा जोड
वर्ल्ड भिजन इन्टरनेसनल नेपालद्वारा महोत्तरी जिल्लामा सञ्चालित विविध विकास परियोजनाहरूको समिक्षा, समन्वय र आगामी कार्ययोजनाका लागि जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ।
जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित बैठक जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन लाल कर्णको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा वर्ल्ड भिजन इन्टरनेसनल नेपालका साझेदार संस्था दलित समाज उत्थान समिति नेपाल तथा एकीकृत ग्रामीण विकास समाज महोत्तरीले सञ्चालन गरेका परियोजनाहरूको २०२५ वर्षको गतिविधि, उपलब्धि, सिकाइ, चुनौती र आगामी कार्यदिशा प्रस्तुत गरिएको थियो।
प्रस्तुतकर्ता प्रतिनिधिहरू : वर्ल्ड भिजन इन्टरनेसनल नेपालबाट जिल्ला संयोजक दिलिप यादव
दलित समाज उत्थान समिति नेपालबाट उतिम चन्द्र चौधरी
एकीकृत ग्रामीण विकास समाजबाट कार्यक्रम व्यवस्थापक कुमार भण्डारी
उक्त कार्यक्रममा एकडारा गाउँपालिकाका अध्यक्ष दीप नारायण मण्डल तथा उपाध्यक्ष महजबी खातुन
जिल्ला समन्वय समितिका उपप्रमुख नन्दु महरा
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल
राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक चन्दन कुमार झा
नेपाली सेना, प्रकौली व्यारेक गोरखनाथ गणका गणपति राम प्रसाद लामिछाने, जिल्ला समन्वय अधिकारी मधु कुमारी महतो
गैरसरकारी संस्था महासंघका अध्यक्ष दिलीप कुमार पाण्डे
कृषि ज्ञान केन्द्रका राजकिशोर यादव
भेटेरिनरी तथा पशु सेवा केन्द्रका प्रतिनिधि कमरुद्धिन अन्सारी
स्वास्थ्य कार्यालय महोत्तरीकी प्रतिनिधि प्रतिभा सिंह
शिक्षा, विज्ञान तथा समन्वय केन्द्रकी प्रतिनिधि रिना साह
वर्ल्ड भिजन इन्टरनेसनल नेपालका प्रतिनिधिहरू प्रमिल अधिकारी र दिलीप यादव ,
दलित समाज उत्थान समिति नेपालकी अध्यक्ष डेजी पाण्डे
दलित समाज उत्थान समिति नेपालका कार्यक्रम संयोजक उतिम चन्द्र चौधरी, , माधवेंद्र ठाकुर
एकीकृत ग्रामीण विकास समाज महोत्तरीका प्रतिनिधिहरू उमेश न्यौपाने, कुमार भण्डारी ,भूपेन्द्र निरौला, उषा कार्की
नेपाल पत्रकार महासंघ महोत्तरीका : संजीत कुमार मण्डल
रेडियो अप्पन मिथिलाका आरजे इर्शाद शेखको उपस्थित थियो
परियोजनाका मुख्य उपलब्धिहरू:
बाल संरक्षण तथा स्पोन्सरशिप कार्यक्रम
एकडारा: ३,२०० बालबालिका
सम्सी: ४,००० बालबालिका लाभान्वित
जीविकोपार्जन सहयोग
एकडारा: ४०४ घरधुरीलाई सीप र सामग्री सहयोग
सम्सी: १७६ घरधुरी लाभान्वित
स्वास्थ्य क्षेत्रमा उपकरण सहयोग
भिडियो एक्सरे मेसिन, फ्रिज, बेबी वार्मर, डेलिभरी बेड आदि
विपद् जोखिम न्यूनीकरण
स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई प्रशिक्षण तथा सामग्री उपलब्ध गराइएको
दलित समाज उत्थान समिति नेपालका कार्यक्रम संयोजक उतिम चन्द्र चौधरीका अनुसार परियोजनाबाट प्राप्त उपलब्धिहरूले समुदायमा सकारात्मक र दिगो प्रभाव पारेका छन्। बाल संरक्षणदेखि स्वास्थ्य, जीविकोपार्जन र विपद् न्यूनीकरणसम्मका प्रयासहरू सर्वसाधारणको जीवनस्तरमा प्रत्यक्ष रूपमा उपयोगी सावित भएका छन्।
बैठकमा परियोजनाको प्रभावकारिता, समन्वयको सुदृढीकरण र आगामी रणनीतिमाथि गहन छलफल भएको र सबै सरोकारवालाको सक्रिय सहभागिता रहेको आयोजक संस्थाहरूले जानकारी दिएका छन्।
अन्त्यमा, रणनीतिक अवधिको (सन् २०२१–२०२५) प्रगति समेटिएको प्रतिवेदन वर्ल्ड भिजन नेपालका नीति विज्ञ प्रमिल अधिकारीले जिल्ला समन्वय समिति प्रमुख कर्णलाई हस्तान्तरण गर्नुभएको थियो।
