जलेश्वरटुडे समाचारदाता
धनुषा, २ पौष
जनकपुरधाम उपमहानगरपालिकाको वडा नं.—१२ कुवा (एयरपोर्ट रोड)मा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले बच्चाहरुमा देखिने विभिन्न रोगहरुको निदानको लागि शुक्रबार विहान १० बजेदेखि संचालन गरेको स्वास्थ्य शिविर समपन्न भएको छ ।
विद्यालयको संस्थापक तथा प्रधानाध्यापक उप—प्रा. पवन कुमार साहले विद्यालयको परिसरमा संचालन भएको स्वास्थ्य शिविरमा उपस्थित दन्त चिकित्सकहरु डा.उमेश चन्द्र यादव,निमु यादव,ललिता यादव,बाल रोग विशेषज्ञ डा.अमलेन्द्र्र यादव,नाक,कान तथा घाँटी विशेषज्ञ डा.संतोष साह तथा आँखा रोग विशेषज्ञ डा. उदय यादव,कार्यक्रम समन्वयकर्ता नेपाल बौद्धिक पेशाकर्मी महासंघ र नयाँ समाज नेपाल धनुषाको अध्यक्ष ब्रज किशोर यादव,नयाँ समाज नेपालको कोषाध्यक्ष संगिता कुमारी यादव,अतिथि वडा नं.—१२ को सदस्य ईदरिस धोबि र महिला सदस्य पान देवी कुँवरलाई टीका,माला तथा खादा लगाई सम्मान गर्नुभएको थियो ।
त्यसैगरी स्वास्थ्य शिविरको अध्यक्ष तथा प्र.अ. पवन कुमार साहलाई दन्त चिकित्सक डा.उमेश चन्द्र यादवले र विद्यालयको उपप्रधानाध्यापक सोनी साहलाई नयाँ समाज नेपालको कोषाध्यक्ष यादवले टीका,माला तथा खाँदा लगाई सम्मान गर्नुभएको थियो । शिबिरमा विद्यालयका सबै विद्यार्थीहरु,सम्बन्धित अभिभावकहरु,स्थानिय तथा वडा नं. १२ र १५ का नागरिक समाजहरुलाई विभिन्न जाँच गरी आवश्यक परामर्श दिइएको थियो भने शिविरमै १० जना भन्दा बढीको खराब दाँतलाई हटाई सेवा दिइएको थियो ।
शिविरमा आँखा रोग विशेषज्ञ डा.यादवले ८ वटा आँखाको मोतिया बिन्दु रोगीहरुलाई फेला पारी ५ हजार सम्मको खर्च निःशुल्क सहयोगको साथै भोलिपल्ट शल्यक्रिया गरी आँखा बनाउने प्र्रतिबद्धता जनाउनुभयो ।
शिविरको क्रममा वहाँले आँखासँग सम्बन्धित आवश्यक औषधी बितरण गर्नुको साथै १०० जना भन्दा बढी बिरामीहरुको जाँच गरेको जानकारी गराउनुभयो ।
प्र्रथम पटक यसरी धेरै चिकित्सकहरुको साथ आयोजना गरिएको स्वास्थ्य शिविरबाट ७ सय भन्दा बढी जनाले लाभ लिएको अध्यक्ष साहले जानकारी गराउनुभयो ।
कोरोना भाइरसको डर त्रासको विच यस कार्यक्रमको आयोजनाले सहभागीहरुमा खुुशी तथा स्वास्थ्य प्रति संवेदनशिलता देखिएको थियो ।
उपस्थित वडा प्रतिनिधीहरुले आयोजक विद्यालय परिवार तथा चिकित्सकहरुको प्रसंशा गर्नुभयो ।
यस विद्यालयले यस अघि सरसफाई,बृक्षा रोपण,निःशुल्क स्वास्थ्य शिविर,योग शिविर जस्ता कार्यक्रमहरु विद्यार्थीहरु,अभिभावक हरु तथा यस क्षेत्रको नागरिक समाजको भलोका लागि गरिसकेको प्र.अ.साहले जानकारी गराउनुभयो ।
कार्यक्रमको अध्यक्ष तथा प्र.अ. साहले सहयोगी सम्पूर्ण सरोकारबालाहरु,उपस्थित तथा अनुपस्थित चिकित्सकहरु तथा कार्यक्रमको सफलता दिलाउन सहयोग गर्ने विद्यालयका अभिभावक,शिक्षक,शिक्षिका ,कर्मचारी तथा विद्यार्थीहरु प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।