मधेस प्याब्सनले भोलि जनकपुरधाम उपमहानगरभित्रका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने भएको छ ।
जेनजी जनकपुरधामले भोलि जनकपुरधाम उपमहानगरभित्रका सम्पूर्ण विद्यालयहरु बन्द गरिदिन प्रेस विज्ञप्ति मार्फत सम्पूर्ण विद्यालयहरुलाई अनुरोध गरेको हुनाले विद्यार्थीहरुको सुरक्षालाई ध्यान दिदै मधेस प्याब्सनको केन्द्रीय अध्यक्ष अमरेन्द्र कुमार झाले मधेस प्याब्सनका सम्पूर्ण सदस्य विद्यालयहरुलाई भोलि विद्यालय बन्द गरि दिन आग्रह गर्नु भएको छ । साथै केन्द्रीय अध्यक्ष झाले अद्र्धवार्षिक परीक्षा पनि नजिकै भएको हुनाले यस प्रतिकुल परिस्थितिमा विद्यार्थीहरुलाई घरमै राखि पठनपाठनमा सघाउन हुन सम्पूर्ण अभिभावकवर्गमा अनुरोध गर्नु भएको छ । साथै केन्द्रीय अध्यक्ष झाले आन्दोलनको क्रममा ज्यान गुमाएका वीर शहिद विद्यार्थीहरु प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइते विद्यार्थीहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ ।
काठमाडौंको नयाँ वानेश्वरमा जेनजी युवा पुस्ताहरुद्वारा गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको गोलि लागी २० जना युवा विद्यार्थीहरुको मृत्यु भएको छ भने देश भरका ३ सय ४७ जना भन्दा बढी विद्यार्थीहरु घाइते भएका छन् । संविधानको धारा १९ मा अभिव्यक्ति स्वतन्त्रताको हक भए पनि सो खोसेको,भ्रष्टाचार,सुशासनको चरम अभाव,बेरोजगारी,घुसखोरी जस्ता विकृति विरुद्ध जेनजी युवा पुस्ताले शान्तिपूर्ण आन्दोलन गरेका थिए ।
जेनजी जनकपुरधामले अर्काे जानकारी नगरुन्जेलसम्म विद्यालय बन्द गरी शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न अपिल गरेको छ ।
