" >
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा - Jaleshwortoday

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा

 २४ भाद्र २०८२, मंगलवार १३:१२  
1

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २४ भाद्र

जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार भएको छ । मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले केहीबेरअघि मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका हुन् ।

उनीहरू अहिले पनि प्रदर्शनमा उत्रिएका छन् ।

सोमबार भएको प्रदर्शनका क्रममा देशभरबाट १९ जनाले ज्यान गुमाएका थिए । आज पुन: देशभर प्रदर्शन जारी छ ।

प्रदर्शन थप आक्रामक बन्दै गइरहेको छ ।