भारतबाट पक्राउ परेका १२ जना कैदी महोत्तरी प्रहरीको जिम्मामा - Jaleshwortoday

Free slots games online with bonus rounds

  1. Online Cryptocurrency Slots: Two round arrows trigger an automatic mode, during which the competitor can relax and enjoy the mysterious atmosphere.
  2. Free Online Slots Without Download - To start Multifruit 81 in free mode and see where its fast-paced gameplay can take you, simply click on the PLAY sign.
  3. 2025 Uk Online Casinos: Monkey wild symbols regardless of the line or payline.

Crypto Casino games ios

Free Casino Bets Australia
The way you place wagers in this game is a lot like a Texas Holdem-type game, only a bit more structured.
Online Card Game Rummy
These games are streamed from high-tech studios owned by NetEnt, Evolution Gaming, and Ezugi.
However, this delays the 888 casino withdrawal time by a few days.

Crypto Casinos billoxi

12 Free Casino
Otherwise, the software provider also makes the Vegas Strip Blackjack Gold, a special version of strip blackjack that is sure to give you a more realistic playing experience.
Best Casino Site No Charges
There are many, much safer options available, and playing at an illegitimate casino simply isnt worth it.
Numbers On A European Roulette Wheel

भारतबाट पक्राउ परेका १२ जना कैदी महोत्तरी प्रहरीको जिम्मामा

 २६ भाद्र २०८२, बिहीबार २२:५१  
1

आरजे इर्शाद शेख
महोत्तरी, २६ भदौं

भारतीय प्रहरीले पक्राउ गरेको १२ जना कैदीबन्दीहरुलाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

यहि भदौ २४ गते जलेश्वर कारागारबाट भागेका ५७५ कैदीमध्ये भारततर्फ भागेका १२ जना कैदीबन्दीलाई भारतीय प्रहरीले भारतको विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका कैदीहरुमध्ये ९ जना कैदीलाई भारतीय प्रहरीले बिहिबार दिउँसो भिटामोड नाकामा ल्याई नेपाल प्रहरीको जिम्मा लगाएको छ भने ३ जना कैदिलाई वथनाहा चौकीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहनु भएको प्रहरी नायव उपरिक्षक शैलेन्द्र भट्टले बताउनुभयो ।

भारतीय प्रहरीले पक्राउ गरेका धनुषा मुसहरिनिया गाउँपालिका –५ मुखियापटिका रामगुलाम महतो, धनुषा हसपुर नगरपालिका–३ सुनगामा टोलका बिनोद राय, महोत्तरी मटिहानी नगरपालिका–१ धिरापुरका मुजाहिद अंसारी, धनुषा जनकपुर–२१ मण्डलटोलका इन्द्रेस मण्डल, महोत्तरी गौशाला नगरपालिका–४ रजखोरका सुरेन्द्र साह सोनार, भारत बैशालीका आनन्द मोहन कुमार, धनुषा सहिद नगरनगरपालिका–३ का कृष्णकुमार महतो, भारत सितामढीका बलबिन कुमार महतो, भारत सितामढी रतनपुरका जियाउल रहमान, चकिया थाना, पूर्वी चम्पारण, भारत घर भएका गुड्डु कुमार यादव, जलेश्वर नगरपालिका–१ का रेयाज दफाली, मकवानपुर जिल्ला हेटौंडा, वडा नं. ३ का राजेश तामाङलाई भारतीय प्रहरीले पक्राउ गरि नेपाल प्रहरीको जिम्मा लगाएको प्रहरी नायव उपरिक्षक भट्टले बताउनुभएको छ ।

मंगलबार साझ ७ बजेको समयमा जलेश्वर कारागारमा रहेका ५७६ कैदि मध्ये ५७५ कैदि फरार भएका थिए । भागेका कैदीबन्दीहरु मध्ये हाल सम्म ३७ जना कारागार फर्कि सकेको जलेश्वर कारागारका निमित्त प्रमुख रविनचन्द्र ठाकुरले बताउनुभएको छ । अहिलेसम्म आफू खुशी २५ जना फर्किसकेको छ भने भारतीय प्रहरीले १२ जनालाई बुझाएको गरी ३७ जना कारागारमा फर्कि सकेको जलेश्वर कारागार प्रसासनले जनाएको छ ।

जलेश्वर कारागारबाट भागेका कैदीबन्दीहरुलाई स्वेच्छाले २४ घण्टाभित्र फर्किन आग्रह गरेपछि बुधाबार रातिदेखि नै कैदीबन्दी सम्पर्कमा आउन थालेको कारागारका निमित्त कार्यालय प्रमुख ठाकुरले बताउनुभएको छ ।

महोत्तरी र धनुषा जिल्लाका लागि रहेको एकमात्र कारागार जलेश्वरका निमित्त प्रमुख ठाकुरले बुधबार साँझ एक अपिल जारी गर्नुहुँदै २४ घण्टा भित्र स्वेच्छाले कारागार फर्किन अपिल जारि गर्नुभएको थियो ।

सो अपिलमा २४ घण्टा भित्र नफर्किने कैदिहरुलाई कानून अनुसार कारवाही हुने भनिएपछि धमाधमा भागेका कैदिहरुको अभिभावक तथा कैदीबन्दिहरु अस्पताल प्रशासनको सम्पर्कमा आउन थालेको कारागार प्रमुख ठाकुरले बताउनुभयो ।

यही भदौ २४ गते साँझ आन्दोलनलनकारीहरुले जलेश्वर कारागार कब्जामा लिएपपछि ५७६ कैदीबन्दीमध्ये ५७५ कैदीबन्दी भागेका थिए ।

मङ्गलबार साँझ ७ बजे लाठी र बाँसको भाँटा सहित आएका आन्दोलनकारीहरुले शुरुमा कारागारको बाहिरी मुल गेटमा आएर कैदिहरु मध्ये मधेस आन्दोलनको क्रममा मारिएका सशस्त्र प्रहरी थमन विक हत्यामा संलग्न रहेका आरोपी पुर्व प्रदेश सांसद कौशल कुमार यादव, सजाय तोकिएका प्रदिप माझी, संजय साह र देवेन्द्र चौधरीलाई रिहाईको माग गरेका थिए । तर पछि भिड अन्त्रित हुन पुगेको कारागार निमित्त प्रमुख ठाकुरले बताउनु भयो । अनियन्त्रित भिडले कारागारको मुल गेट भत्काएर भित्री सुरक्षा गेट सम्म पुगेका थिए ।

आन्दोलनकारी फलामे गेट सम्म पुगेको देखेर भित्र कैदिहरु पनि उग्र भएर होहल्ला गर्न थालेपछि एकापटिको फलामे गेट आन्दोलकारीले र अर्को फलामे गेट कैदिबन्दिहरुले तोडेपछि कैदिहरु पोकापन्तारा सहित भागभाग भएको थियो ।

४० जना नेपाल प्रहरी र ३५ जना सशस्त्र प्रहरीले सुरक्षा दिइ रहेको कारागारमा बल प्रयोग गर्दा ठुलो दुर्घटना निम्तिन सकेने अवस्थाको आंकलन गरि सुरक्षा निकाय पछि हटेपछि कैदिहरु फरारा भएका थिए ।

मंगलबार साझ ७ वजे भएको उक्त घटनामा दिपक कुमार यादव कत्र्वय ज्यान मुद्धामा पुर्पक्षमा रहेका सुस्त मनस्थिती रहेका कारण नभागेकोले सोहि दिनदेखि कारागारमै रहेको जनाइएको छ ।