
जलेश्वरटुडे समाचारदाता
धनुषा, ३ पौष
नेपाल सद्भावना पार्टीको केन्द्रिय कार्यालयमा शनिबार एउटा कार्यक्रम वीच दर्जनौं व्यक्तिहरु नेपाल सद्भावना पार्टीका सदस्यता ग्रहण गरेका छन्् ।
नेपाल सद्भावना पार्टी (नेसपा) धनुषाको जिल्ला कार्यसमितिको अध्यक्ष मुरारी लाल कर्णको अध्यक्षता,के.स.पवन कुुमार साहको प्र्रमुख आतिथ्य तथा के.स. विरेन्द्र कुमार महतोको अगुवाईमा लक्ष्मी कुमार राउत, राहुल कुमार साह,गरातोे देवी पासमान,फुलो देवी पासमान,सुनिता देवी पासमान,दुलारी देवी पासमान (क),फुल कुमारी पासमान,बेचनी देवी पासमान,दुलारी देवी पासमान(ख),ललिता साह लगायत दर्जनौं व्यक्तिहरुलाई पार्टीको सदस्यता प्रमाणपत्र दिई टीका तथा माला लगाई सम्मान गरिएका थिए ।
नवप्रवेशीहरुले आफूहरुलाई चाहिने अत्यावश्यक सुविधाहरु जस्तो की खाने पानी कल,सडक तथा बिजुली बत्तिको अहिले सम्म वडा नं.२१ मा पर्ने कुर्थामा व्यवस्था नभएकोले बाध्य भएर मधेसीहरुको मूल तथा पुरानो पार्टीमा अधिकार प्राप्तिको लागि प्रवेश गरेको बताए । नवप्रवेशीहरुलाई प्रमुख अतिथि साह,अध्यक्ष कर्ण,उपाध्यक्ष आशिष गुप्ता,युवा सञ्जालको प्रदेश २ अध्यक्ष राज कुमार चौधरी लगायत उपस्थित जिल्ला सदस्यहरु ठकाई महतो,राम सतिस साह,सरिता कुमारी पासमान र प्रिति महासेठ, राखी महतोले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रमकमा उद्घोषण यु.संं.को प्रदेश २ अध्यक्ष चौधरीले गर्नुभएको थियो ।