पालिकाभित्रको द्वण्द्व समाप्त गर – Jaleshwortoday

पालिकाभित्रको द्वण्द्व समाप्त गर

 ३ पुष २०७८, शनिबार २२:३४  
Education

गरिमामय जनकपुरधाम उपमहानगरभित्र सरसफाईको नाउँमा लम्बिएको झगडा तथा आन्तरिक द्वण्द्व अहिलेसम्म पनि समाप्त नभए पछि दैनिक काम गर्ने कर्मचारीहरु तथा सेवा लिन जाने सेवाग्राहीहरु मार्कामा परेकोले यसको सिघ्र छिनोफानो गर्न जरुरी देखिन्छ । यस सन्दर्भमा अहिलेसम्म प्रतिपक्षका राजनैतिक दल वा नागरिक समाजले पनि अहिलेसम्म कुुनै पनि चासो नदेखाउनु लज्जास्पद देखिन्छ । झन जनतालाई शिक्षाको पाठ पढाउने उपमहानगर प्रमुख लाल किशोर साहले उपमहागरभित्र भएको सानो समस्यालाई ठूलै बनाई आफू लगायत अन्य जनप्र्रतिनिधिहरु विरोध तथा झैझगडाको वातावरणमा व्यस्तता देखाई विकास निर्माण तथा दैनिक कार्यहरुमा हस्तक्षेप गर्न दिनु र त्यसको ठोस निदान नखोज्नु शंकास्पद परिवेशको बढाबा दिएको आशंका बढेको देखिन्छ । यता विभिन्न किसिमले न्याय खोज्दै काठमाडौंसम्म चहारेको वडाध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरुले उपमहानगरको शान्तिपूर्ण वातावरणलाई खल्बलाउन खोज्नु निन्दापूर्ण देखिन्छ । राजनैतिक दाउँ पेचको कारण व्यक्तिगत हितमा लिप्त भई जनताको कामलाई बेवास्ता गरी शान्तिपूर्ण निकास नखोज्नु पनि आपतिजनक देखिन्छ । जनकपुरधामकै चर्चित तथा पुराना युवा क्लव तथा नागरिक समाजहरुले समेत मौनता देखाउनु निरिहताको परकास्टा नाघेको सहजै महसुस गर्न सकिन्छ । अहिले पनि द्वण्द्वलाई त्यागी शान्तिपूर्ण वार्ताको माध्यमबाट निकास खोज्नु नै बुद्धिमानी देखिन्छ ।