चुरे तथा वनजंगल संरक्षण अभियानीद्वारा ज्ञापनपत्र – Jaleshwortoday

चुरे तथा वनजंगल संरक्षण अभियानीद्वारा ज्ञापनपत्र

 ६ पुष २०७८, मंगलवार ००:२०  
Chure

जलेश्वरटुडे समाचारदाता
धनुषा, ५ पौष

चुरे वनजंगल संरक्षण र संबद्र्धनको लागि, दलित भूमिहिन सुकुम्बासीको न्यायको लागि ,राष्ट्रको प्राकृतिक धार्मिक सम्पदा र सार्वजनिक जग्गा भूमाफियाँको चुन्गुलबाट बचाउनको लागि धनुषा प्रमख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं.—१२ को कुवाबाट निकालिएको जुलुसको अगुवाई गर्ने धनुषा जिल्ला प्रतिनिधि अरुण दास र लक्ष्मण दास सहितको टोलीले ८ बुँदे माँगहरु सहितको ज्ञापनपत्र बुझाएका थिए । कुवाबाट निकालिएको जुलुस टोलीले नक्कली सुकुम्बासी मुर्दाबाद र धार्मिक,प्राकृतिक तथा सार्वजनिक सम्पतिको संरक्षण गर नारा सहित प्रमुख बाटो हुदै ज्ञापन पत्र बुझाइएको थियो ।

No description available.

No description available.