नेपालमा नेपाल टेलिकम सरकारी तबरबाट ईन्टरनेटको सुविधा प्रदान गर्ने कम्पनी हो भने वल्र्ड लिंक,सुविसु लगायत अन्य विभिन्न निजी कम्पनीहरुले नेपालमा ईन्टरनेटको सेवा दिने गर्दछन् । अहिले ईन्टरनेटकै युग मानिन्छ । अहिले सबैजसो सरकारी तथा निजी संघ संगठनहरुमा ईन्टरनेटको प्रयोग अत्यधिक भएको देखिन्छ । अहिले व्यक्तिगत प्रयोजनको लागि घर—घरमा यसको प्रयोग एकाएक बढेको देखिन्छ । किनभने ईन्टरनेटको माध्यमबाट आमसञ्चारमा सुविधा भएको छ भने यसको विभिन्न विशेषताको कारण यसको प्रयोग विभिन्न कार्य प्रयोजनको लागि समेत उपयोगी रहेको देखिन्छ । तर जसरी यसको प्र्रयोग बढदै गयो,त्यसरी नै यसको गुणस्तर पनि खस्कदै गएको विज्ञहरुको अध्ययन रहेको देखिन्छ । ईन्टरनेट प्रदायक संस्थाहरुले स्पीड बढाएर शुल्क बढी लिए पनि गुणस्तरमा कुनै प्रभावकारीता देखिदैन। यसको लागि गुणस्तर नियन्त्रणको लागि सम्बन्धित निकायले समेत अनुगमन तथा अनुसन्धान गरी यसको सुधारको लागि पहल गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । यति मात्र होइन सेवाग्र्राहीले समेत यसबारे सचेत भई गुनासो गर्न जरुरी छ । नेपाल सरकारले समेत समय—समयमा यस्ता व्यवसायीलाई नियन्त्रण गर्नको लागि गुणस्तर विभागलाई सक्रिय बनाई जनगुनासोको आधारमा कारबाही गर्नुपर्छ ।