जलेश्वरटुडे समाचारदाता
धनुषा, ७ पौष
नेपाली काँग्रेसको जनकपुरमा जारी प्रदेश २ को अधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वका लागि हुने भनिएको मतदान स्थगित भएको छ ।
मतपत्र नछापिएकाले भोलि बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन अधिकृत प्रह्लाद गौतमले जानकारी दिए । मंगलबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका थिए । बुधबार बिहान ८ बजेदेखि मतदानको समयतालिका निर्धारण गरेको थियो । तर, परिवर्तन गरि दिउँसो १ बजेबाट हुने निर्वाचन समितिले तय गरेको थियो ।मतपत्र छपाइमा नै ढिलाइ भएकाले आजको लागि स्थगित भएको जनाएको छ ।