प्रदेश कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश पारित – Jaleshwortoday

प्रदेश कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश पारित

 ९ पुष २०७८, शुक्रबार ००:१४  
Kriishi

जलेश्वरटुडे समाचारदाता
धनुषा, ८ पौष

प्रदेश २ सरकारले ल्याएको प्रदेश कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश बहुमतले स्विकृत भएको छ । आज बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवल किशोर साहले कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश २०७८ लाई स्विकृत गरियोस प्रस्ताव पेश गरेकोमा बहुमतले स्विकृत भएको उपसभामुख उपमादेवले घोषणा गरेकी छिन् । लोसपा बाहेक अन्य दलहरुले समर्थन जनाएपछि अध्यादेश स्विकृत भएको हो । यस अघि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय २०७८ अस्विकार गर्न पेश गरेको प्रस्ताव बहुमतले अस्विकृत भएको थियो । छलफलका क्रममा सत्तारुढ दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले अध्यादेश ल्याउने तरिका लगत भएपति विद्येयक नै रद्द गर्नुपर्ने आवश्यकता नरहेको बताए । यद्यपी उनले विश्वविद्यालयको नाममा आपति जनाए । उनले भने, ‘विश्वविद्यालय विश्वभरिका व्यक्ति आएर पढने ठाउँहो, यसमा प्रदेशको टोपी लगाइदिने ? सुन्नु भएछ यस्तो नाम कहिल्यै ?’ उनले विश्वविद्यालयमा प्रदेश थपेपछि त्यसको महत्व घटने बताए । यस्तै प्रमुख प्रतिपक्षी दल लोसपाका सांसद जानकी शरण साहले प्रदेश सरकारले ल्याएको अध्यादेशमा आफ्नो विरोध रहेको बताए । उनले सामान्य स्थितिमा समेत अध्यादेश ल्याउनु खेदजनक रहेको बताए ।