जलेश्वरटुडे समाचारदाता
धनुषा, ९ पौष
प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेशको नाम मधेश प्रदेश नभए राजधानी जनकपुरधाम नहुने बताएका छन् । शुक्रवारको प्रदेशसभा बैठकमा बोल्दै यादवले नाम मधेश प्रदेश नभए राजधानी पनि जनकपुरधाम नहुने बताएका हुन् । प्रदेशको नाम र राजधानी राजनीतिक सवाल रहेको भन्दै भने, ‘राजनीतिक सवालको राजा जनक र माता जानकीसँग जोडेर बहस गरे कहिल्यै प्रदेशको नाम र स्थायी राजधानी दिन सक्दैनौँ । यदी स्थायी राजधानी र नामको जब चर्चा हुन्छ, अनि जनकपुरधामलाई सहर्ष स्विकार गर्ने भोजपुरावासी, बज्जिकावासीको आत्मामा चोट नपुगाओस यो मेरो मिथिलावासीसँग आग्रह हो ।’ राज्यमन्त्री यादवले नाम र राजधानी मिथिलाकै पक्षमा नहुने भन्दै भने, ‘यदी तपाई चाहनुहुन्छ कि चित पनि मेरो र पट्टपनि मेरो तब हुन सक्छ हामी पनि स्थायी राजधानीलाई भन्छौँ भोजपुरा तर्फ लगौँ’, उनले अगाडी भने, ‘यदी मधेश तपाईलाई मधेश पसन्द छैन् भने जनकपुरधामपनि हामीलाई पसन्द छैन् ।’