जलेश्वरटुडे समाचारदाता
महोत्तरी,धनुषा, १० पौष
नेपाल सद्भावना पार्टीद्वारा महोत्तरी जिल्ला पालिका स्तरीय संयोजकहरु चयन गरिएका छन् ।
महोत्तरी जिल्ला ईन्चार्ज पवन कुमार साहको अगुवाई तथा केन्द्रिय अध्यक्ष राम कुमार महतोको प्रमुख आतिथ्यमा जलेश्वर नगरपालिका वडा नं.— ९ फुलहटाको वडा संंयोजकमा नागेन्द्र सिंह, मनरासिस्वा नगरपालिका वडा नं.—६ सरपल्लो अन्तर्गत अछेलाल साह र जुगल ठाकुरलाई क्रमश ः नगर तथा वडा संयोजकमा र सम्सी गाउँपालिका वडा नं.— १ पर्सा देबार अन्तर्गत मातबर यादबलाई जिल्ला सदस्य तथा गाउँपालिका संयोजकमा चयन गरी मनोनित पत्र समेत प्रदान गरिएका थियो । संयोजक चयन कार्यक्रममा चयन भएका नवप्रवेशीहरुलाई शुभकामना सहित संगठन विस्तार गर्न सुझाव समेत अध्यक्ष महतोले दिनुभयो । जलेश्वर नगरपालिकाको वडा नं.—४ अन्तर्गत सुगा भवानीपट्टीमा समेत पुरानो तथा नयाँ कार्यकर्ता तथाा नेताहरुसँग भेटघाट गरी आवश्यक छलफल गरियो । सो वडा अन्तर्गत बृहत बैठक बसी वडा समिति कायम गर्न निर्णय समेत गरियो । सो कार्यक्रम सफल गर्नमा केन्द्रिय महासचिव नागेन्द्र्र सिंह,केन्द्रिय सदस्य बुधन साह,केन्द्रिय सदस्य संजय महतो तथा महोत्तरी जिल्ला उपाध्यक्ष मनोहर कापर र जलेश्वर नगर संयोजक रामअशिष महतोले सहयोग गर्नुभएको थियो । त्यसैगरी धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं.—२१ अन्तर्गत कुर्थामा केन्द्र्रिय सदस्य विरेन्द्र कुमार महतोको अगुवाई,जिल्ला अध्यक्ष मुरारी लाल कर्णको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष राम कुमार महतोको प्रमुख आतिथ्यमा कार्यकर्ता भेटघाट गरी सिघ्र वडा समिति कायम गर्ने निर्णय समेत गरियो । सो कार्यक्रममा सरीता पासमान,राखी साह लगायत अन्य नेसपाका महिला सदस्यहरुको उपस्थिति रहेको थियो ।सो कार्यक्रममा युुवा सञ्जालको प्रदेश नं. २ को अध्यक्ष राज कुमार चौधरीले कार्यक्रमको संचालन तथा उद्घोषण गर्नमा सहयोग गर्नुभएको थियो ।