नेसपाद्वारा महोत्तरीको गौशाला न.पा.वडास्तरिय संयोजक चयन – Jaleshwortoday

नेसपाद्वारा महोत्तरीको गौशाला न.पा.वडास्तरिय संयोजक चयन

 ११ पुष २०७८, आईतवार २३:१३  
Sadbhawana

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ११ पौष

नेपाल सद्भावना पार्टी(नेसपा) द्वारा महोत्तरीको गौशाला नगरपालिका अन्तर्गत वडास्तरीय संयोजक चयन गरिएका छन् ।
नेसपा प्रदेश नं.—२ प्रवक्ता निरञ्जन साहको अगुवाई,केन्द्रिय अध्यक्ष रामकुमार महतोको प्रमुख आतिथ्य तथा बरिष्ठ नेता राजेन्द्र प्रसाद सिंहको बिशिष्ट आतिथ्यमा गौशाला नगरपालिका वडा नं. ९ मा कपिल अहमद र वडा नं. १० मा शिबु साहलाई वडा संयोजक चयन गरियो । अध्यक्ष महतो तथा बरिष्ठ नेता सिंहले संयुक्त रुपमा मनोनित नवप्र्रवेशीहरुलाई बधाई दिनुको साथै संगठन बिस्तारको लागि दिशा निर्देश गर्नुभयो । त्यसैगरी बर्दिबास,औरही र भंगहा पालिकामा समेत भेटघाट गरियो। कार्यक्रममा नेसपा केन्द्रिय महासचिव नागेन्द्र्र सिंहको समेत उपस्थिति रहेको थियो ।