सिरहामा पुस १३ र १४ गते कर्फ्यु आदेश जारी – Jaleshwortoday

सिरहामा पुस १३ र १४ गते कर्फ्यु आदेश जारी

 १३ पुष २०७८, मंगलवार ०९:५४  

जलेश्वरटुडे समाचारदाता
सिरहा, १२ पौष

सिरहामा पुस १३ र १४ गते को लागि निषेधाज्ञा आदेश जारी गरिएको छ । जनमत पार्टीले केहि दिन देखि सिरहामा गरिरहेको आमहडताल र चक्काजामका कारण सर्वसाधारणमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले पुस १३ र १४ गते निषेधाज्ञा आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (२) र (३) बमोजिम विहान ५ बजे देखि बेलुका ७ बजे सम्म कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी पूर्वमा बलान खोला देखि पश्चिमा कमला नदी सम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासका क्षेत्र सम्म र चोहर्वा देखि सिरहा सडक खण्डको पि.के. राज इन्टरप्राइजेज पेट्रोल पम्प सम्म तथा सो मार्गको ५०० मिटर पूर्व पश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जनाएको छ। जारी निषेधाज्ञा उल्लघंन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रण लिई कानुन बमोजिम कारबाही गर्ने प्रजिअ कवारीले जनाएको छ। यद्यपी राष्ट्रिय लोकमार्ग तथा चोहर्वा– सिरहा सडक खण्डमा यातायात सुचारु रह्ने बताइएको छ ।