चिसो याममा न्यानो रहौ – Jaleshwortoday

चिसो याममा न्यानो रहौ

 १३ पुष २०७८, मंगलवार १०:००  
Education

यतिखेर बढदै गएको चिसोबाट बच्न र बचाउन सबैले पहल गर्न जरुरी छ । अहिले चिसो अझै बढ्ने सम्भावना मौसम विद्हरुको रहेको बुझिएको छ । त्यसकारण चिसोबाट जनसमुदायले बच्न जरुरी छ । यसको पूर्व तयारी समेत गर्न जरुरी छ । खास गरी चिसोबाट बालबालिका तथा बृद्धहरुलाई बचाउन विशेष रुपमा ध्यान दिन जरुरी हुन्छ । विद्यालयमा बढ्ने बालबालिकाहरुलाई समेत विद्यालय प्रशासनले न्यानो कपडा तथा समर ड्रेस लगाउन प्रोत्साहित गर्न जरुरी देखिन्छ । गाउँ—टोल तथा छरछिमेकमा बस्ने बुढाबढी, गरिब तथा विपन्न वर्गलाई समेत स्थानिय निकायले न्यानो सामाग्रीहरु बाँडेर स्वास्थ्य अवस्था सबल पार्न जरुरी रहेको देखिन्छ । कतिपय अति बिपन्न परिवारलाई समेत पहिचान गरी पूर्व सहयोग गर्न आवश्यक रहेको देखिन्छ । घुँडा तथा ढाँड सम्बन्धि रोग पिडीत विरामीहरुलाई समेत यतिबेला बच्न आवश्यक हुन्छ । यस्ता विरामीहरुले आगो तथा आवश्यक औषधिको सेबन गर्न आवश्यक हुन्छ । चिसोले कुनै पनि उमेरका व्यक्तिहरुलाई प्रभाव पार्ने भएकोले युवा,व्यस्क तथा अन्य उमेरका व्यक्तिहरुले समेत चिसोबाट बच्न न्यानो कपडाको प्रयोग गर्न आवश्यक देखिन्छ । स्थानिय निकायहरुमा जाडोबाट बच्न तथा बचाउनको लागि बजेटको समेत व्यवस्था गरिएको हुन्छ । त्यसकारण यस्ता बजेट लक्षितवर्गले पाउन जरुरी हुन्छ । साथै लक्षित वर्गले यस्ता रकम तथा सामाग्री पाउनको लागि पहल समेत गर्न आवश्यक देखिन्छ । अहिले ओमिक्रोनको हल्ला सुनिएकोले खास गरी बालबालिकाहरुलाई समेत खोपको व्यवस्थापन गरी समयमै सुरक्षित गर्न जरुरी छ । जाडो याममा झन संक्रमण बढने गर्दछ ।