जलेश्वरटुडे समाचारदाता
धनुषा, १३ पौष
नेपाल सद्भावना पार्टीको केन्द्रिय कार्यालयमा एउटा कार्यक्रम वीच मंगलबार नेपाल कम्युनिस्ट पार्टीको सचिवालय सदस्य डा.मिश्रि मण्डल सहित दर्जनौ कार्यकर्ता तथा युवाहरु नेपाल सद्भावना पार्टी(नेसपा)मा प्र्रवेश गरेका छन् ।
धनुषा जिल्ला अध्यक्ष मुरारी लाल कर्णको अध्यक्षतामा संचालन भएको पार्टी प्र्रवेश कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीबाट डा.मिश्रि मण्डल,अरुण झा,रामचन्द्र भण्डारी र दशैई मण्डल तथा विद्यार्थी युवाहरुबाट सुरेन्द्र दास,बालकृष्ण राय,अविनास कुमार साह,कृष्ण कुमार साह र दिपेश कुमार यादवलाई नेसपाको वरिष्ठ नेता प्र्रा.राजेन्द्र प्रसाद सिंहले सदस्यता प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने केन्द्रिय अध्यक्ष राम कुमार महतोले टीका तथा माला लगाई सम्मान गर्नुभएको थियो । सोही कार्यक्रमबाट नवप्रवेशीहरु मध्येबाट नेपाल सद्भावना पार्टीको केन्द्रिय उपाध्यक्षमा डा. मिश्रि मण्डल लाई , के. सदस्यमा अरुण झा लाई,धनुषा जिल्ला सचिवमा सुरेन्द्र दासलाई,हंसपुर न.पा. संयोजक र जिल्ला सदस्यमा रामचन्द्र भण्डारीलाई र जिल्ला सदस्यमा दशैई मण्डललाई सर्बसम्मतिले चयन गरियो । कार्यक्रममा स्वागत मन्तब्य धनुषा जिल्ला अध्यक्ष कर्ण,धनुषा जिल्ला उपाध्यक्ष आशिष गुप्ता र केन्द्रिय सदस्य विरेन्द्र कुमार महतोले राख्नुभएको थियो । त्यसैगरी मन्तब्यको क्रममा के.उपाध्यक्ष डा.मण्डलले मधेसी पार्टीहरुलाई अव गोलबन्द भएर नेसपालाई उठाउनुपर्ने जरुरी रहेको बताउनुभयो । मन्तब्यकै क्रममा बरिष्ठ नेता सिंहले े मधेसी अधिकारको लागि लड्ने पहिलो र अन्तिम पार्टी पनि नेसपा नै रहेको ठोकुवा गर्नुभयो । के.अध्यक्ष महतोले अहिले मधेसलाई विभिन्न संकटबाट बचाउनुपर्ने बताउनु भयो । यसको लागि नेसपाको अग्रणी भूमिका रहने बताए । कार्यक्रममा जिल्ला सदस्य विरेश्वर मिश्र,राखी महतो, सरिता राउत र पार्टी सचिवाल सचिव सरोज पासमानको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको समापन अध्यक्ष्ाँ कर्णले गर्नुभयो भने संचालन प्रवक्ता पवनकुमार साहले गर्नुभयो ।