
महोत्तरी जिल्लाका दलितहरु शीतलहरबाट समस्याग्र्रस्त भएका छन् । उनीहरुको परालको छाना र माटोको पर्खालले जाडो काट्न सक्षम नभएकोले दाउराको समेत अभावमा पराल जलाएर जाडो छल्न बाध्य भएका छन्् । गत वर्ष विभिन्न स्थानिय पालिकाहरुले न्यानो कपडा तथा आवश्यक सामाग्रीहरु बाँडे पनि यस वर्ष कुनै पनि चहलपहल नदेखिएकाले पनि यस जिल्लाका दलित तथा गरिब समुदायहरु शीतलहर तथा जाडोबाट अत्यधिक समस्यामा रहेको देखिएको छ । यतिखेर बढदै गएको चिसोबाट बच्न र बचाउन सरोकारबालाहरुले पहल गर्न जरुरी छ । चिसोबाट जनसमुदायले बच्न जरुरी छ । गाउँ—टोल तथा छरछिमेकमा बस्ने बुढाबढी, गरिब तथा विपन्न वर्गलाई समेत स्थानिय निकायले न्यानो सामाग्रीहरु बाँडेर स्वास्थ्य अवस्था सबल पार्न जरुरी रहेको देखिन्छ । कतिपय अति बिपन्न परिवारलाई समेत पहिचान गरी पूर्व सहयोग गर्न आवश्यक रहेको देखिन्छ । चिसोले कुनै पनि उमेरका व्यक्तिहरुलाई प्रभाव पार्ने भएकोले युवा,व्यस्क तथा अन्य उमेरका व्यक्तिहरुले समेत चिसोबाट बच्न न्यानो कपडाको प्रयोग गर्न आवश्यक देखिन्छ । स्थानिय निकायहरु तथा संकट व्यवस्थापन समितिमा जाडोबाट बच्न तथा बचाउनको लागि बजेटको समेत व्यवस्था गरिएको हुन्छ । त्यसकारण यस्ता बजेट लक्षितवर्गले पाउन जरुरी हुन्छ । साथै लक्षित वर्गले यस्ता रकम तथा सामाग्री पाउनको लागि पहल समेत गर्न आवश्यक देखिन्छ । सम्बन्धित सरोकारबालाहरुले समेत यसबारे चिन्तन गरी सहयोग अगाडी बढाउनुपर्छ ।