विभिन्न कार्यक्रमहरुको आयोजना गरी मधेस प्रदेशको प्रदेश सभाको ८ औं वार्षिकोत्सव २१ गते मनाइएको छ ।
यस वर्ष वार्षिकोत्सव कार्यक्रम अन्य वर्ष भन्दा अलि फरक किसिमले मनाइएको थियो । वार्षिकोत्सव समारोह पूर्व विभिन्न प्रतियोगिताहरुका साथै रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । मधेस प्रदेशको वर्तमान प्रदेश सभाको सभामुख माननीय राम अशिष यादवले मानव सेवा आश्रम तथा बृद्धाश्रममा खाद्यान्न बाँडेर असल मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नु भएको छ ।
यति मात्र होइन यस वर्ष प्रदेश सभाको वार्षिकोत्सव कार्यक्रमको पृष्ठभूमिमा अंकीत माटो,बाँस र परालको पर्खाल अनि त्यस माथि तानिएको मधेसको पुरानो हस्तकलाले मधेस प्रदेशको मुल संस्कृति तथा परम्परालाई झल्काएको थियो । यस वर्षदेखि नै प्रदेश सभामा मैथिली भाषाको कामकाजको भाषाको रुपमा भएको प्रयोग सभामुखको अद्वितिय चरित्र तथा चिन्तनको अनुपम उदाहरण रहेको बुझ्न सकिन्छ । मधेस प्रदेश सभाले यसरी सबै वर्ग तथा सरोकारबालाहरुलाई विशेष सम्मान गरी मनाएको ८ औ वार्षिकोत्सव सफल रहेको देखिन्छ ।
