भारतलाई यू–१९ एसिया कपको उपाधि – Jaleshwortoday

भारतलाई यू–१९ एसिया कपको उपाधि

 १७ पुष २०७८, शनिबार १५:११  
GAME

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १६ पौष

एसीसी यू–१९ एसिया कप क्रिकेट २०२१ को उपाधि भारतले जितेको छ । दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको फाइनल खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदै भारतले उपाधि जितेको हो । श्रीलंकाले दिएको १०२ रनको लक्ष्य भारतले १ विकेट गुमाएर २१.३ बलमा पूरा ग¥यो । भारतको जितमा अन्क्रिस रघुवंशीले अविजित रहदै ५६ रनको अर्धशतकीय इनिङ्स खेले । शाइक राहिदले अविजित ३१ रन बनाउँदा हर्नर सिंह ५ रनमा पबेलियन फर्किए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ३८ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनायो । तर, वर्षाले प्रभावित गरेपछि खेल ३८ ओभरमा झारिएको हो । ३८ ओभरमा झार्दा भारतले १०२ रनको लक्ष्य पाएको हो । सेमिफाइनलमा भारतले बंगलादेशलाई १०३ रनले हराएको थियो भने श्रीलंकाले पाकिस्तानलाई २२ रनले हराएर फाइनलमा स्थान बनाएको थियो । भारते आठौं पटक उपाधि जितेको हो ।