अन्तर्राष्ट्रिय नव वर्ष २०२२ मंगलमय होस् – Jaleshwortoday

अन्तर्राष्ट्रिय नव वर्ष २०२२ मंगलमय होस्

 १७ पुष २०७८, शनिबार २२:४४  
Education

२०७८ साल पौंष १७ गते शनिबार अन्तर्राष्ट्रिय वर्ष २०२२ शुरु भएको छ । बिगत वर्ष २०२१ लाई नियाल्ने हो भने विश्व नै कोरोना माहामारीको कारण मानवीय तथा आर्थिक क्षतिको शिकार हुन पुग्यो । यस अवस्थामा सहयोगी चिकित्सक अन्य सरोकारबालाहरु तथा अन्तर्राष्ट्रिय देशहरुमा भारत,चिन तथा अमेरिकाले देखाएको सहयोग अविस्मरणीय रहने छ । यतिबेला गरिब,मजदुर तथा साना व्यवसायिहरुले राखेको धैर्यतालाई सलाम गर्नै पर्छ । किनभने बन्दाबन्दीका बेला खाद्य सामाग्रीहरुदेखि विभिन्न आवश्यक आवश्यकताहरुको जरुरी भएको बेलामा पनि आफ्नो तथा आफ्नो परिबारको जिवन रक्षा गरी मृत्युको मुखबाट सफल गर्न गराउनमा विजय प्राप्त गरेकोमा सम्बन्धित महिला तथा पुरुषहरु धन्यबादका पात्रहरु छन् ।

May be an image of text

बन्दाबन्दीका बेला यातायातको अनुपलब्धताको कारण फसेका व्यक्तिहरुलाई आफ्नो खर्चमा तिनीहरुलाई घरसम्म पुर्याउने सहयोगी हातहरु अविस्मरणीय रहने छन् । कोरोना महामारीको बखत सहादत प्राप्त गरेका परिवारजनले ठूलै त्याग देखाउनु पर्यो । तर सन् २०२२ शुुरु भए पनि कोरोनाको त्रास तथा डर यथाबत रहेको बखतमा यस वर्ष पनि विश्वले एकचोटी अझै त्यही संयमता,त्याग तथा सहयोग देखाउनुपर्ने देखिन्छ । प्रकृतिले सबैको कल्याण गरुन् ।