जलेश्वरटुडे समाचारदाता
धनुुषा, २० पौष
नेपाल सद्भावना पार्टी (नेसपा)को आज केन्द्र्रिय कार्यालय जजनकपुुरधाममा बसेको कार्यसम्पादन समितिको बैठकबाट जिल्ला स्तरिय बिस्तारित बैठक बस्ने निर्णय गरिएको छ ।
केन्द्रिय अध्यक्ष रामकुमार महतोको अध्यक्षतामा बसेको सो बैठकबाट पौष २३ गते महोत्तरीको जलेश्वर,२४ गते धनुषाको जनकपुरधाम,२५ गते सर्लाहीको मलंंगवा,२६ गते रौतहटको गौर,२७ गते बाराको कलैया,२८ गते पर्साको विरगञ्ज,माघ २ गते सिरहाको सिरहा र ३ गते सप्तरीको राजविराजमा बिस्तारित बैठक बस्ने निर्णय गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । सो बैठकबाट संघिय उपाध्यक्षमा डा.मिश्रि मण्डल र संघिय सदस्यमा अरुण झालाई अनुमोदन गरियो । सोहि बैठकबाट ३ सदस्ययी वार्ता समिति समेत गठन गरियो । सो समितिको संयोजकमा डा.मिश्रि मण्डल र सदस्यहरुमा पवन कुमार साह तथा फुलप्रास देवी चयन गरियो । त्यसैगरी दलित विभागको प्रमुखमा सरोजकुमार पासवान,युवा विभाग प्रमुखमा संजयकुमार महतो र विद्यार्थी विभाग प्रमुखमा राजकुमार चौधरी चयन गरियो । चयन भएका नेताहरुलाई अध्यक्ष्ाँ महतोले बधाई ज्ञापन गर्नुुका साथै सफल कार्यकालको शुभकामना समेत दिनुभयो ।नेपाल सद्भावना विद्यार्थी मञ्च गठन
नेपाल सद्भावना विद्यार्थी मञ्चको केन्द्र्रिय संंयोजक जगमोहन गुप्ता लगायत ११ सदस्ययी समिति चयन समेत गरियो । सो नवप्र्रवेशी विद्यार्थी नेताहरुलाई के.का.स.बुधन साहले टीका तथा के.अध्यक्ष रामकुमार महतोले माला लगाई मनोनित पत्र दिएर सम्मान गर्नुुभयो ।