अस्पतालको अध्यक्षले प्रशिक्षित हुन जरुरी – Jaleshwortoday

अस्पतालको अध्यक्षले प्रशिक्षित हुन जरुरी

 २१ पुष २०७८, बुधबार ०१:०२  
Education

भर्खरै जिल्ला अस्पताल जलेश्वरको नामाकरण जलेश्वर प्रादेशिक अस्पताल भएको छ । यस अस्पतालको शैय्या थपेर सुविधा समपन्न बनाउने भएको छ । राणाकाल भन्दा पनि पुरानो अस्पतालको रुपमा चिनिएको यस अस्पतालले विभिन्न कारणले लोकप्रियता बटुल्न सकेका छैनन् । यसको कारणहरु खोतल्दै जाँदा विभिन्न कारणहरु अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । प्रमुख कारणको रुपमा अस्पतालको नेतृत्व गर्ने अध्यक्ष पनि हो । अहिलेसम्म जति पनि अध्यक्षहरु फेरिए पनि मानसिकता फेरिएका छैनन् । अहिले आधुनिक समयमा पनि पुरानै पद्धति तथा मानसिकता हाबी हुुनु प्रशिक्षण तथा ज्ञानको कमि देखिन्छ । अहिले हाँस्पिटल म्यानेजमेन्ट सम्बन्धि प्रशिक्षण लिन वा अध्ययन गरेका मानव स्रोतसाधनको बहालि गर्न आवश्यक देखिन्छ । आन्तरिक चिकित्सकदेखि अन्य सहयोगि कर्मचारीहरु जिम्मेबार नठहरिएको परिवेशमा संगठनात्मक स्वरुपमा परिवर्तन गर्न आवश्यक देखिन्छ । अस्पतालको प्रभावकारीता देखाएर तथा समस्याहरुको निदानमा तादरुकता देखाएर पनि अस्पताल प्रति आकर्षण बढाउन सकिन्छ । सम्बन्धित निकायहरुको समन्बय तथा सहकार्यमा अस्पतालको व्यवस्थापन तथा सुधारमा ध्यान दिन जरुरी छ । अस्पतालको सम्पूर्ण मेडिकल टीमले समूहगत काम गर्न जरुरी छ ।