किसानको समस्या समाधान गर – Jaleshwortoday

किसानको समस्या समाधान गर

 २१ पुष २०७८, बुधबार २२:३२  
Education

नेपालमा अहिले किसानहरु जनमत पार्टीको अगुवाईमा आन्दोलित भएका छन् । अहिले किसानहरु सडकमा ओेर्लिएका छन् आफ्ना अधिकार प्राप्तिका लागि । अहिले विभिन्न ठाउँहरुमा किसानहरु मल,बाली बिमा,उखुको मूल्य निर्धारण,बक्यौता भुक्तानी,सिंचाईको सुविधा लगायतका माँगहरु राखेर आन्दोलित भएका छन्् । अहिले नै किसानहरुका समस्या सृजित भएको होइन । यो समस्या त धेरै पहिलादेखि यथावत नै रहेको हो । किसानहरु भनेको हाम्रा अन्नदाता हुन् । यिनीहरुलाई समस्यामा राख्नु तथा यिनीहरुको समस्याको समाधान नगर्नु पापको भागी हुनु हो । त्यसकारण किसानहरुलाई चाहिने बिउ,खाँद,तालिम,आर्थिक सहयोग,कृषि ऋण लगायतका सुविधाहरु समयमै उपलब्ध गराएर यिनीहरुलाई अगाडी उकासेर मनोबल बढाउन सकिन्छ । कृषिको क्षेत्र बृहत छ । बागबानी,मत्स्य पालन,माहुरी पालन,गाईबस्तु पालन लगायत अन्य विभिन्न क्षेत्रहरु रहेका छन् । तसर्थ यस क्षेत्रमा काम गर्ने किसानहरुका विभिन्न समस्याहरु हुन सक्छन्् । ती समस्याहरुको समाधानको लागि सम्बन्धित सरोकारबालाहरुले सिघ्र्र समाधान गर्नको लागि सक्रियता देखाउन जरुरी छ । केन्द्र सरकारदेखि स्थानिय सरकारले किसानहरुको वर्तमान समस्याहरुको समाधानको लागि सिघ्र व्यवस्थापन तर्फ ध्यान दिन जरुरी छ ।