
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २२ पौष
नेपाली कांग्रेस महोत्तरीका आमरण अनसनमा बसेका नेता बजरङ्ग नेपालीले अनसन तोडेका छन् । कांग्रेसका उपसभापति धनराज गुरुङले उनलाई जुस सेवन गराई अनसन तोडाएका हुन् । नेता नेपाली दुई दिनदेखि भोक हडतालमा रहेका थिए । अनसन रत नेपाली तथा नेपाली कांग्रेसको माग केन्द्रबाट सम्बोधन हुने भएपछि नेता नेपालीले भोक हडताल ÷ अनसन तोडेको नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले जानकारी दिए । नेता नेपालीले विवादित क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन सकाएपछि मात्र जिल्ला अधिवेशन गराउनुपर्ने माग राख्दै दुई दिनदेखि भोक हडताल सुरु गरेका थिए । नेपाली कांग्रेस महोत्तरीका पूर्व महासचिव समेत रहेका नेपालीको भोक हडताललाई केन्द्रले ध्यानाकर्षण जनाउँदै र्२ माघमा क्षेत्र नम्बर ३ को अधिवेशन निर्धारण गरेको छ ।